Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार १० गते आइतबार

अख्तियारले भिमदत्तका पुर्व मेयर बिष्ट सहित १२ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता ।

भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टलगायत १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विष्टसहित १२ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

भीमदत्त नगरपालिकाले आ.व. ०७७/७८ मा नदीजन्य पदार्थको ठेक्कामा नियमविपरीत छुट दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार गरेको देखिएपछि उनीहरु विरूद्ध मुद्दा हालिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

तत्कालीन नगरप्रमुख विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीलगायत १२ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।

नियमानुसारको राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृतिबिना कार्यदलको सिफारिसको आधारमा राजस्व रकम घटाई कम अंक सम्झौता र नियमविपरीत राजस्व रकममा छुट तथा मु. अ. कर चुहावटसमेत गरी ३ करोड ३३ लाख २२ हजार ५८१ रूपैयाँ चुहावट गरेको आरोपमा पूर्वमेयर विष्ट र प्रमुख पशासकीय अधिकृत भट्टविरूद्ध मुद्दा दायर गरिएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेतले राजस्व कबोल अंक घटाई भवानी कन्स्ट्रक्सन प्रालि, कञ्चनपुरसँग ठेक्का सम्झौता गर्दा मु.अ. कर दुई करोड एघार लाख पैसठ्ठी हजार ६ सय आठ रूपैयाँ ८५ पैसा रकम घटी राजस्व निर्धारण गरी भ्रष्टाचार गरेको आरोपमा सोही रकम बिगो कायम गरी मुद्दा दायर भएको अख्तियारका प्रवक्ताभाेला दहालले जानकारि दिएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>