Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०८० असार १० गते आइतबार

अजयमेरुले ल्यायाे ४५,करोड ३९लाख  बढिकाे   बजेट । चालुबर्ष भन्दा बढ्याे बजेट

डडेल्धुराको अजयमेरु गाउँपालिकाले ४५ करोड ३९ लाख ६ हजार बजेट ल्याएको छ। आइतबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उक्त बजेट गाउँसभाको १३औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्।

जसमध्ये चालुतर्फ ९ करोड ५७ लाख ६० हजार, पूँजीगततर्फ १४ करोड १४ लाख ५३ हजार र शसर्ततर्फ २३ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम केहीदिनअघि अध्यक्ष उमेशप्रसाद भट्टले प्रस्तुत गरेका थिए।

गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए। अधिवेशले बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको उनले बताए।

अजयमेरुले चालु आर्थिक वर्षभन्दा बजेट घटाएर ल्याएको हो। चालु आवमा गाउँपालिकाले ४७ करोड ५८ लाख १३ हजार बजेट ल्याएको थियो।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>