कंचनपुरकाे भिमदत्त नगरपालीका क्षेत्रका छाडा कुकुरमा रेविज भेटिएकाे छ ।
नगरपालिका वडा १३ मा साेमबार एक कुकुर मृत फेला परेपछि वडा अध्यक्ष रामचन्द्र बाेहराकाे पहलमा मृत कुकुर परिक्षण भएपछि रेविज राेग भेटिएकाे हाे ।
उक्त क्षेत्रमा जंगली (शुक्लफाँटा राष्ट्रिय निकुन्ज) स्याल रेबिजका कारण बहुलाएर स्थानिय छाडा कुकुर र जनावरहरुलाई आक्रमण हुन थालेकाे थियाे । वडा अध्यक्ष बाेहराका अनुसार ४/५ घर पालुवा जनावर र ३/४ जना स्थानियलाई रेबिज लागेका स्याल र कुकुरले आक्रम गरेकाे छ । कुकुर नमर्नाले रेविज पत्ता लगाउन समस्या भएकामा साेमबार राेग पत्ता लागेकाे छ । कुकुरकाे टाेकाई बाट घाइते हुनुभएकाहरुले समयमै सम्पर्क मा आई डाक्टरकाे सल्लाह अनुसार रेबिज खाेप लगाई सुरक्षीत रहिदिन हुन अनुरोध समेत गरेका छन । कुनै कुकुर वा घरपालुवा पशु चौपाया लाई टाेकेकाे संकालागेमा तुरुन्तै भि न पा १३ मा रहेको पशु सेवा केन्द्रमा रेबिज खाेप परीयाप्तमात्रामा रहेको जानकारी अध्यक्षले दिएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया