कञ्चनपुरमा अर्थशाश्त्र अध्ययन गरेर विगत लामो समयदेखी अनाधिकृत रुपमा मेडिकल संचालन गरेको पाईएको छ । भारतिय नागरिकहरुले जिल्लाका बिभिन्न क्षेत्रमा स्वास्थ्यसंग सम्बिन्धत कुनै पनि विषय अध्ययन नै नगरी मानव स्वास्थ्यसंग जोडिएकोे विषयमा प्रत्यक्ष असर गर्ने खालका ओेषधीहरु बिक्रि वितरण गर्ने मेडिकल संचालन गर्ने गरेको पाईएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनाधिकृत रुपमा मेडिकल संचालन गरेका ११ जना भारतिय नागरिकलाई सार्वजनिक गरेको छ । मंगलवार पत्रकार सम्मेलन मार्फत जिल्लाका बिभिन्न क्षेत्रमा अबैध रुपमा मेडिकल संचालन गर्ने जोखिम युक्त औषधी बिक्रि गर्नै, बिना ईजाजत मेडिकल संचालन गर्ने भारतिय नागरिकलाई सार्वजनिक गरेको हो । ति मध्ये कसैले पनि स्वास्थ्य सम्बन्धि अध्ययन नगरेको कसैले मेडिकलमा काम गरेको अनुभव कसैले रेडक्रसमा काम गरेकै आधारमा मेडिकल संचालन गरेको पाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपि कमल थापाले बताए ।
मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका बेच्न नमिल्ने औषधीहरु बेचबिखन गर्ने, सम्बन्धित विषयको अध्ययन नगरी अनुभवका आधारले औषधी बेच्ने गरेको भएर प्रहरीको लामो अनुसन्धानबाट उनिहरुलाई पक्राउ गर्न सफल भएको एसपी थापाले बताए । पक्राउ पर्नेमा पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका स्थित अनुमति नलिई दोधारा चादनी नगरपालिका ७ कञ्चभोजमा औषधी पसल संचालन गर्ने भारतको उद्धमसिंह नगरका २६ वर्षिय संजय बिश्वास, दोधारा चादनी नगरपालिका ७ मा पिलिभित नौजलिया ४६ वर्षिय राजेश बिश्वास,रहेका छन् ।
यस्तै दोधारा चादनी नगरपालिका ७ मिलन चौराहामा औषधी पसल संचालन गरेका पिलिभित महाराजपुरका ४५ वर्षिय सन्तोश सरकार, दोधारा चादनी नगरपालिका ४ लठाघाट चौराहामा औषधी पसल संचालन गरेका पिलिभित रानिकलौनी पोष्ट मजौला बस्ने ४४ वर्षिय को सुधान्सु हल्दार, दोधारा चादनी नगरपालिका ४ खल्ला चोकमा औषधी पसल संचालन गरेका उद्धमसिंह नगर खटिमा बस्ने २३ वर्षिय रबि बिश्वास, दोधारा चादनी नगरपालिका ३ श्रेष्ठ चौराहमा औषधी पसल संचालन गरेका उद्धमसिंह नगरकै ३२ वर्षिय कार्तिक सरदार रहेका छन् ।
यस्तै दोधारा चादनी नगरपालिका १ मा औषधी पसल संचालन गरेका उद्धमसिंह नगरका कुतियाकबर बस्ने वर्ष ३८ का निवास गाइन, दोधारा चादनी नगरपालिका ३ मा औषधी पसल संचालन गरेका उद्धमसिंह नगरका खटिमाका वर्ष ४९ का निरन्जन अधिकारी दोधारा चादनी नगरपालिका ३ देविस्थानमा औषधी पसल संचालन गर्ने वर्ष २५ का भुपेन्द्र पुरी, भीमदत्त नगरपालिका १३ बडैपुरमा औषधीपसल संचालन गरेका पिलिभित न्युरिया राजा कलौनी बस्ने वर्ष ३५ का शान्ति रन्जन बैरागी, भीमदत्त नगरपालिका ९ ब्रह्मदेवमा औषधीपसल संचालन गरेका भारतको नोदिया पोष्ट ग्राम ईटापुकुर बस्ने वर्ष ३९ का गोकु मण्डल रहेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया