Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार १३ गते बुधबार

कामबाट सन्तुष्ट नभए पनि अवश्य राम्राे गर्छु : प्रधानमन्त्री प्रचण्ड
फायल फाेटाे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कामकारवाहीबारे सन्तुष्ट नभएको स्वीकार गरेका छन् । उनले सन्तुष्ट नभए पनि राम्रो भने अवश्य गर्ने बताए ।

प्रधानमन्त्री दाहाल सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन संसद्को रोष्ट्रममा उभिएका थिए । 

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने– म सन्तुष्ट छैन । सन्तुष्ट हुनका लागि केही नयाँ गर्न चाहेको छु । रघुजी पन्तजस्ता सदस्यले राम्रो सुझाव दिनुभयो भने अवश्य पालना गर्दछु ।”

उनले सांसदहरुले बजेटभित्रै असन्तुष्टि जनाएको उल्लेख गर्दै आगामी वर्षदेखि विनियोजन विधेयक पेस गर्ने समय र सांसदहरु हातमा फाइल बोकेर धाउन नपर्ने व्यवस्था गर्न लागिएको बताए ।

“यसै बजेटभित्रबाट असन्तुलित भएको ठाउँमा सन्तुलित बनाउन सकिन्छ,” उनले भने, “ईपीजीलगायतका विषयमा छलफल अघि बढाएको छु । विश्वास बोकेर आएको छु । अघिअघि पनि त प्रधानमन्त्री र सरकार थिए । उहाँहरु सबैले भ्याइदिएको भए त मैले गर्नै पर्दैनथ्यो नि !”

प्रधानमन्त्री दाहालले यसै महिनाभित्र बूढीगण्डकीको कार्यालयको उद्घाटन र प्रोजेक्टको शिलान्यास गर्ने तयारी भएको बताउँदै अब राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण सिंहदरबारबाटै गर्ने बताए । 

प्रधानमन्त्री दाहालले आफ्नो रिपोर्ट कार्ड र कामकारवाहीमा आफू पासमात्रै नभएर मेरिटमै पास हुने बताएका थिए । “काम कारवाहीका आधारमा डिस्टिङ्सन नै पाउनुपर्छ,” उनले भने ।
 
उनले त्यसअघि सम्बोधन गर्दै नयाँ पुस्तामा देखिएको केही हुँदैन भन्ने भावनाले देश माथि उठ्न नसक्ने बताएका थिए । 

“केही हुँदैन भन्ने हिन भावनाबाट देश माथित उठ्न सक्दैन, देशको आफैँ माथिको विश्वास फर्काउन हिन भावना त्याग्न आवश्यक छ,” प्रधानमन्त्रीले भने, “अघिल्लो पटक म प्रधानमन्त्री हुँदा १८ घण्टा लोडसेडिङ रहेको कुरा कसैले बिर्सिएको छैन , अहिले विद्युत् बेच्ने अवस्थामा पगेका छौँ ।” 

उनले देशका सबै परिसूचक र सम्भावनाले उज्यालो भविश्यको नजिक रहेको दाबी गरे । 

“देशको उज्यालो भविश्यको यति नजिक हामी कहिल्यै थिएनौँ,” प्रधानमन्त्री दाहालले भने, “तर, सामाजिक संजालका चित्रहरुले राष्ट्रिय प्राथमिकतालाई विषयान्तर गरेको भान हुन्छ ।” 

उनले युवा पुस्ता निन्दावादी बाटोमा गएको त हैन भन्दै चिन्ता व्यक्त गरे । 

“हामीमा कतै विवेक भन्दा निन्दा हावी भएको त छैन ?,” प्रश्न गर्दै प्रधानमन्त्रीले भने, “कतै हाम्रै व्यवहारले राजनीतिको चित्र र चरित्र कमजोर त बनिरहेको छैन ।”  उनले लोकतन्त्र भावना र उत्तेजनाले मात्र बलियो नहुने भन्दै त्यसका लागि तथ्यगत सुधार पनि आवश्यक भएको भन्दै सरकार त्यसतर्फ अग्रसर भइरहेको बताए । 

“यो सत्य हो, लोकतन्त्र अव भावनात्मक आधारले मात्र सवल हुँदैन, तथ्यात्मक आधारमा सुधार गर्न आवश्यक छ,” उनले भने, “पछिल्लो पुस्ता लोकतन्त्रका लागि तयार हुँदैछ । तर, यो पुस्ताले युद्धको विभिषिका भोगेन, शाही शासनको यातना खेपेको छैन, विद्यालय जाँदा घण्टौँ हिँड्नुपर्ने बाध्यता भोगेन, संचारमाध्यममा प्रवेश गरेर बर्दिधारीले बुट बजारेको अनुभव संगालेन ।” 

प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरेपछि संघीय संसद्मा ९ वटा विधेयक दर्ता भएको बताए ।

बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट अन्तर्गत मन्त्रालयगत बजेटको विषयमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले प्रतिनिधिसभामा सात र राष्ट्रिय सभामा दुई गरी नौ विधेयक दर्ता भएको जानकारी दिए । 


#प्रधानमन्त्री

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>