Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८० असार १४ गते बिहिबार

सुदूरपश्चिम प्रदेशमा याैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गौरव यात्रा भब्यताका साथ मनाइयो

 सुदूरपश्चिम प्रदेशको धनगढीमा आज यौनिक तथा लैङ्गिक अलपसङ्ख्यक समुदायले पहिलोपटक प्राइड परेड मन्थ (गौरव यात्रा) भब्यताका साथ मनाएका छन।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक (एलजीबीटिआईक्यू ए पलस) समुदायले अंग्रेजी वर्षको हरेक जुन महिनामा गौरवको महिना मध्यनजर गरि जुन महिना लाई गौरवको महिनाको रुपमा मनाउँदै आएका छन् ।

निलहिरा समाज काठमाडौको सहयोगमा सुदूरपश्चिम समाज धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलोपटक गौरव यात्रा मनाएको यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय अधिकारकर्मी एवं सुदूर पश्चिम समाज धनगढीका अध्यक्ष करुणा नेपालले बताउनु भयो।

उनका अनुसार ,पछिल्लो समय मा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरु आफ्नो हक अधिकारका लागि राज्य सामु आई खुल्न थालेपछि सुदूरपश्चिम प्रदेशमा पहिलोपटक गौरव यात्रा उत्सव प्रभातफेरि र्‍याली निकालेर मनाएको हो। उक्त र्‍याली धनगढी चौराह देखि धनगढी उप-महानगरपालिकाको प्राङ्गणमा आएर सम्पन्न भएको थियो। नेपालका सातै प्रदेशमा गौरव यात्रा मनाएको छ। विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउने गरिन्छ ।

किन मनाइन्छ ‘प्राइड परेड’ गौरव यात्रा?

सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालिएको हो। उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यक माथि प्रहरीले छापाका नाममा आक्रमण गरी उनीहरु माथि अत्याचार गरिएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो। यही प्राइड परेडका सम्झनामा विश्वभर अंग्रेजी वर्षको जुन महिनामा ‘प्राइड परेड’का नाममा विभिन्न कार्यक्रमहरू गरि मनाइने गरिन्छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>