कञ्चनपुरमा बहुउद्देश्यीय कबर्ड हल निर्माण हुने भएको छ । बिहिवार प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले शिलान्यास गरका छन् । महेन्द्रनगरस्थित कबर्ड हल परिसरमा सुदूरपश्चिम प्रदेश सरकारको रु १३ करोड तीन लाख २८ हजार १९ (मुल्य अभिबृद्धि कर समेत) को लागतमा निर्माण हुने भएको हो । तिन वर्षभित्रै सक्ने गरी योजना निर्माण हुने सामाजिक विकास मन्त्रालयका ईन्जिनियर होमराज तिमिल्सिनाले जानकारी दिए ।
चालु आर्थिक जेष्ठ ४ गते सम्झौता सम्पन्न गरेको उनले बताए । वर्षमा नै यो योजनाको ठेक्का सम्झौता भएको र निर्माणको जिम्मा पाएको बैजनाथ–कन्टुर जेभीले कभर्डहललाई निर्धारित समय भन्दा अगाढी निर्माण सम्पन्न गर्ने भनेर प्रतिबद्धता जनाएको पनि उनले जानकारी दिए । यस्को गुणस्तर पनि मापन गरिने भएकाले यस्मा सम्पुर्ण प्राविधीक सहयोग सामाजिक विकास मन्त्रालयको रहने उनले बताए ।
भलिबल ,बास्केट बल, टेबुल टेनिस, ब्याट मिन्टन एकै पटक खेलाउन सकिने व्यवस्था सहितको यो कबर्ड हलको निर्माण हुने सामाजिक विकास मन्त्रालयका ईन्जिनियर होमराज तिमिल्सिनाले जानकारी दिए । साथै यो कबर्ड हल ३५ सय स्क्वायर मिटरमा फैलिएको उनले बताए । सुदूरपश्चिमलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन कञ्चनपुरको विगत लामो समयदेखि योगदान रहेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले बताए ।
अहिले क्रिकेटमा पनि कञ्चनपुरबाट राम्रो खेलाडीहरुले आफनो प्रदर्शन गरिरहेको र अन्य खेलमा पनि आफनो भविश्य देख्ने खेलाडीहरुका लागि पनि यो नयाँ कबर्ड हलले सहयोग पुग्ने उनले बताए । कञ्चनपुरमा ओलम्पियनदेखि प्रतिभावान क्रिकेटरसम्म कञ्चनपुरले उत्पादन गरेको छ”, मन्त्री साउदले भने,“स्कुलदेखि ओलम्पिकसम्मको खेलकुदको नीति प्रदेशले लिएको छ”, खेल क्षेत्रमा भौतिक संरचना निर्माण र खेलाडीका पक्षमा प्रदेश सरकार सधैँ अग्रसर रहने पनि उनले उदघोष गरे ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया