Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार १७ गते आइतबार

नेपालले निकाल्याे युएई माथि तीन विकेटकाे राेमान्चित जित ।
फायल फाेटाे

आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले युएईमाथि तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।

१८२ रनको लक्ष्य पछ्याएको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । सुरुआत र मध्य क्रममा जर्मराएको नेपालको ब्याटिङमा ऐरीले सम्हालिएको प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए ।

उनलाई सन्दीप लामिछानेले २३ रनसहित साथ दिए । यसबाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ३५ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २२ बलमा १३ रन र गुल्शन झाले २४ बलमा १२ रन बनाए । अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

त्यसअघि, हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको युएईले ४६ ओभर पाँच बलमा सबै विकेट गुमाएर १८१ रनको योगफल बनायो ।

उसका लागि कप्तान भ्रित्या अरविन्दले सर्वाधिक ४४ रन बनाए । राहन मुस्तफाले ३५ रन थपे । नेपालका सन्दीप लामिछानेले १० ओभर बलिङ गरेर तीन ओभर मेडन राख्दै २३ रन खर्चेर तीन विकेट लिए । करण केसीले आड ओभर पाँच बलमा ३६ रन खर्चेर तीन विकेट लिए । प्रतिश जीसी, गुल्सन झा र दिपेन्द्र ऐरीले एक एक विकेट लिए ।

नेपालले अब सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने युएईले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।


#क्रिकेट

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>