Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार १९ गते मङ्गलबार

पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे, खाना पकाउने ग्यास यथावत ।

नेपाल आयल निगम लिमिटेडले साेमबार राति १२ बजेदेखि लागू हुने गरी  पेट्रोल तथा डिजेल / मट्टितेलको मूल्य घटाएको छ । 

इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल / मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर रु. ७.५०, रु.६ र रु. ५ ले घटाइएको छ । 

साथै साबिकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर रु. १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ (प्रति लिटर करिब रु. १५००) ले घटाइएको छ ।
एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>