नेकपा एमाले सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीलाई एक नम्बर बनाउने संकल्पसहित आफू कर्णाली आएको बताएका छन् ।
जनवर्गीय संगठनको प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आत्मकेन्द्रीत सोच त्यागेर काम गर्नुपर्ने बताए ।
इन्चार्ज भट्टले जनवर्गीय संगठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राखे । ‘जनवर्गीय संगठनको बजार नै पार्टी हो, जनवर्गीय संगठन पार्टीको कारखाना हुन्,’ उनले भने, ‘संगठनका सदस्यहरुले पनि आफूलाई केन्द्रमा नराखी पार्टी कसरी बनाउने भन्ने सोच्न जरुरी छ ।’
पार्टी केन्द्रले पठाएका अन्तर पार्टी निर्देशन, दस्तावेजहरु जनवर्गीय संगठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उनको भनाई थियो ।
बैठकमा जनवर्गीय संगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेतृत्वको भर्त्सना गरेर मात्र नेता भइन्छ भन्ने सोच त्याग्न आग्रह गरे ।
कुण्ठा पोख्ने, अराजकता प्रदर्शन गर्ने शैलीबाट पार्टी नबन्ने भन्दै ढकालले भने, ‘जनवर्गीय संगठनहरुले कार्यशालामार्फत आफ्नो संगठनका मुद्दाहरुको पहिचान गरी जनतासँग जोडिनुपर्छ, पार्टी नीति र नेतृत्वको सदैव रक्षा गर्नुपर्छ ।
पार्टी केन्द्रीय सदस्य एवं स्कुल विभागको प्रदेश समन्वय इन्चार्ज विष्णु रिजालले ‘पपुलिज्म’ले पार्टी र युवा पुस्तामा पारेको प्रभावलाई निस्तेज पार्नु अहिलेको मुख्य चुनौती रहेको औंल्याए ।
पार्टीले मिसन ग्रासरुटपछि जनसंगठन, पार्टी स्कुल र प्रचारको कामलाई व्यवस्थित गर्न विशेष कार्ययोजनाका साथ काम अघि बढाउने निर्देशन दिएको उनले बताए । उनले पार्टी स्कुल विभागले कर्णाली प्रदेशमा ४० जना प्रशिक्षक उत्पादन गरी कार्यकर्तालाई सैद्धान्तिक र वैचारिक प्रशिक्षण दिने योजना रहेको सुनाए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया