Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार २१ गते बिहिबार

सिडियाेकाे अध्यक्षतामा भएकाे परिचयात्क कार्यक्रममा भयाे चर्का चर्कि




बुधबार दिउँसो ४ बजेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी(सिडियो) गोपाल प्रशाद अधिकारीसंग जिल्लाका संचारकर्मीको परिचयात्मक कार्यक्रम राखिएको थियो ।

अन्यन्त्र बाट सरुवा भएर प्रजिअको जिम्मेबारी पाएर आउने हरकोही सिडियोले जिल्ला स्थित राजनीतिक दल, कार्यालय प्रमुख, विभिन्न संघ संस्थाका पदाधिकारीदेखि पत्रकारसंग पनि जिल्लाको बस्तुस्थिति बारे परिचयात्मक कार्यक्रम राख्दै आएका छन ।

सोही चलन अनुरुप प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीको समेत कार्यालयले पत्रकारसंग कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा जिल्लाका संचारकर्मीले आ–आफ्नो परिचय सहित जिल्लाको बस्तुस्थिति विकृती बिरुद्धमा विषयबस्तु राखेका थिए ।

प्रजिअ अधिकारीले पत्रकारले राखेका विषयबस्तु अहिले आफ्ना विषय राख्ने क्रममा पत्रकारले भिडियो खिचेपछि सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अनौपचारिक कार्यक्रम भन्दै भिडियो नखिच्न आग्रह गरे, अघि तपाईहरुले बोल्ने बेला किन ?खिच्नु भएन, अहिले सिडियो साप बोल्दा खिचिदिनु भएन, भने, ।

जबकी उक्त कार्यक्रम प्रजिअकै अध्यक्षतामा राखिएको थियो । कार्यक्रमको अध्यक्षक्षतामा भएकाे कार्यक्रममा भिडियो खिच्न किन नपाउने भन्दै पत्रकारले प्रतिकृया दिए । केही बेर हल चर्काचर्की भयो ।

यसरी सार्वजनिक पद धारण गरेका व्यक्तिकै अध्यक्षतामा भएको कार्यक्रममा भिडियो खिच्न रोक लगाउने कार्यबाट प्रशासन आफै कति पारदर्शी छ भन्ने विषयको झल्को दिएको छ ।

सिडियोकै पत्रकारसंगको पहिलो औपचारिक कार्यक्रमै विवाद उत्पन्न भएपछि आगामी दिनमा प्रशासन नेतृत्व र पत्रकारविच सहकार्य, समन्वयमा खाडल उत्पन्न हुने अनेकन आशंका गरिएका छन ।

तर, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले आफुले बोल्ने विषयको भिडियो खिच्दा कुनै फरक नपर्ने बताएका थिए । सार्वजनिक कार्यक्रम त्यसमै पनि अध्यक्षता ग्रहण गरेका कार्यक्रममा पत्रकारले भिडियो खिच्न नपाएको विषयले शासन र सत्तामा बसेका मान्छेको मानसिकता राणाकालिनशैलीकै भएको पत्रकारले टिकाटिप्पणी गरेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>