Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार २१ गते बिहिबार

प्रधानमंन्त्रीले राजिनामा नदिने संसद फेस गर्ने ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताहरूको बैठकबाट राजीनामा दिनु नपर्ने र संसद् ‘फेस’ गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे नेकपा (एमाले)को संसदीय दलले राजीनामा माग गर्ने निर्णय गर्नु असंसदीय भएको जिकिर गरे ।

“उहाँहरूले गरेको निर्णय असंसदीय निर्णय हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति भए संसद्मा आवाज उठाउन पाइन्छ,” उनले भने ।

प्रधानमन्त्रीले कुन सन्दर्भमा बोलेको भन्ने कुरै नसुनी एमालेले हतारमा राजीनामा मागेको उनले बताए ।

“हतार–हतारमा प्रधानमन्त्रीको कुरै नसुनीकन, कुन सन्दर्भमा के भनेको कुरै नसुनी राजीनामा माग्नुभएको छ,” पाण्डेले भने, “गठबन्धन दलका सबै बसेर राजीनामा दिनु नपर्ने निर्णय गर्‍यौँ । संसद् फेस गर्ने निर्णय गर्‍यौँ ।”

प्रधानमन्त्री प्रचण्डले गएको सोमबार एक पुस्तक विमोचन कार्यक्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको बताएका थिए । सोही विषयमा बुधबार एमालेले संसद् बैठक अवरुद्ध गरेको थियो । एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ ।


#प्रधानमन्त्रीले संसद फेस गर्ने

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>