Samriddhipost
२०८१ मङि्सर १० गते सोमबार
ट्रेन्डिङ
दार्चुला
२०८० असार २५ गते सोमबार

धाैलिगंगा ड्याम खुल्ने महाकाली किनारका वासिन्दा सतर्क रहन आग्रह ।

भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन दार्चुला प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म र त्यसपछि पनि सतर्कता अपनाउन भनेको हो ।

भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको जानकारी गराएका छन् ।


सिल्ट सफाइका लागि असार २६ गते बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँध खोल्न लागिएको पत्रमा उल्लेख छ ।

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीको जलस्तर बढ्दछ । त्यसैले महाकाली नदी किनारमा बसोबास गर्दै आएका बासिन्दालाई बाँध खोलिने अवधिभर र त्यसपछि पनि सतर्कता अपनाउन दार्चुला प्रशासनले अनुरोध गरेको छ ।


#महाकाली

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>