Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार २७ गते बुधबार

कंचनपुरमा सरकारि कर्मचारिले नागरिकता प्रतिलिपि लिन सास्ति सर्वसाधारण नागरिककाे के हाेला हाल

कंचनपुरमा जिल्ला प्रशासन कार्यालय बाट नागरिकता प्रतिलिपि पाउन सरकारि कर्मचारिलेनै सास्ति ब्यहाेर्नु परेकाे कर्मचारिलेनै उल्लेख गरेका छन ।

कंचनपुर जिल्ला प्रशासन कार्यालय महेन्द्रनगरमा श्रीमान श्रीमतिकाे बिवाह दर्ता, छाेराछाेरिकाे जन्मदर्ता, श्रीमानकाे नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र, सरकारि कर्मचारिकाे संचयकाेष प्रमाणपत्र, वडा कार्यालय भिमदत्त नगरपालिका २ कंचनपुरले दिएकाे सिफारिस हुदाहुदै कंचनपुरका सहायक प्रमुख जिल्ला अधिकारिले नागरिक्ता प्रतिलिपि दिन आनाकानि गरेकाे र सास्ति भाेग्नु परेकाे सामाजिक संजालमा उल्लेख गरेका छन ।

नागरिकता लिन जाने ब्यक्ति लेख्दछन  "कागजातमा श्रीमान श्रीमती उल्लेख हुदाहुदैकाे अवस्थामा कंचनपुर का सहायक सिडिओ ले असोभनिय र दु:ख दिने नियत देखाउदै भिमदत्त नगरपालिका कार्यालय बाट पति पत्नी हुन भन्ने सिफारिस माग गरेर हैरानी पारे धन्य हो मैले त प्रमाण जुटाएर नागरिकता प्रमाणपत्र प्रतिलिपी प्राप्त गरे , जुन वडा कार्यालय ले म र मेरि श्रीमती लाई राम्ररी चिन्छु भनेर नागरिकता प्रतिलिपी को सिफारिस गरेको छ त्यही कार्यालय लाई यी दुई पति पत्नी हुन भनी जानकारी पठाउने भन्ने तोकादेश गर्ने  मलाई जस्तै सर्बसाधारण लाई नि यस्तै व्यबहार देखाएर कति हैरानी पार्नु भएको होला ।" भनेर उल्लेख गरेका छन ।

यतिका कागजात हुदाहुदै किन यसरी नागरिकलाई प्रशासन बाटै दु:ख दिइन्छ के यत्तिका कागजातले नागरिकता प्रतिलिपि दिन मिल्दैन भनेर यश सम्बन्धि बुझ्न प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारिलाइ समृद्धि पाेष्टले सम्पर्क गर्दा कार्यालयमा अभिलेख नभेटिए, सेवाग्राहिले बाेकेकाे नागरिकता फाेटाेकपि भए वा केरमेट भए बाहेक प्रतिलिपि लिन समस्या नहुने बताएका छन । 


#नागरिकता प्रतिलिपि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>