Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
डडेल्धुरा
२०८० असार २७ गते बुधबार

डडेलधुरामा बाटाेमै बच्चा जन्माउन बाध्य छन महिला, अस्पताल पुग्न बाटाे त के स्टेचर सम्म पाईएन ।

पाँच पटक प्रधानमन्त्री भएका पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको परशुराममा एक महिलाले बीच बाटोमै शिशुलाई जन्म दिन बाध्य छन्। सडक र अस्पतालको पहुँच ग्रामीण भेगसम्म नहुनुले यहाँका महिला बाटोमै शिशुलाई जन्मदिन बाध्य भएका हुन्।

मंगलबार बेलुकी परशुराम नगरपालिका—८ जमरानीकी मिना लुहारलाई प्रसव पीडा सुरु भयो। प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लागि लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीयले बताए।

मिनालाई अस्पताल लग्न एम्बुलेन्स त के स्टेचरसमेत नपाइएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार अस्पताल लग्दालग्दै मिनाले लामिगडाको जङ्गलमा राति करिब १० बजे शिशुलाई जन्म दिएकी थिइन्।

यो अवस्थाले स्थानिय सरकारको संरचना सुरु भएकाे ६ बर्ष पुगि सक्दा पनि स्थानिय सरकारले आफ्नो गर्नु पर्ने दायित्व भने पूरा गर्न नसकेकाे देखिन्छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>