कंचनपुरमा क्रियाशिल पत्रकार भुपि उपाध्याय माथि आक्रमण भएकाे छ । भिमदत्त नगरपालिका कर्मचारि चक्र महताले रिपोर्टिङका क्रममा आक्रमण गरेकाे बताईकाे छ ।
पत्रकार महासंघ कंचनपुर शाखा र प्रेस चाैतारि कंचनपुरले छुट्टाछुट्टै बिज्ञप्ति निकाल्दै पत्रकार उपाध्याय माथि रिपोर्टिङ गरिरहेका समयमा असार २५ गते राती १० बजे भीमदत्त नगरपालिका- ३ भासीमा रहेको एक होटलमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सहितको टोलीले म १ झ १०८ नम्बरको सरकारी गाडी दुरुपयोग गरिरहेको भिडिओ खिच्ने क्रममा नगर प्रमुखका प्रेस संयोजक चक्र महताले मोबाईल खोसेर भिडिओ डिलिट गर्ने तथा उपाध्याय माथि दुर्व्यवहार र धरपकड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको गम्भीर ध्यानाकर्षण भएको कुनै पनि विषय वा समाचारप्रति असहमति वा आपत्ति भएमा कानूनी बाटो अपनाउनुको साटो कानूनको ठाडो उल्लंघन गरी सञ्चारकर्मीमाथि गुण्डागर्दी शैलीमा यस्ता खालका क्रियाकलाप गर्नु खेदजनक छ । यस्ता घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा छानबिन गरी दोषीलाई यथासिघ्र कानूनी कारवाही गर्न र सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सुरक्षाका लागि सम्बन्धित निकायसँग अपिल गर्दछाै बिज्ञप्तिमा भनिएकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया