भारतबाट नगद र सुन चोरेर आएका तीनजना नेपाली आज तिकुनीयाँबाट पक्राउ परेका छन । भारतीय प्रहरीले उनीहरुको साथबाट ३ करोड भारतीय रुपैयाँ र १५ किलो सुन बरामद गरेको बताईएको छ ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ कर्मीडाँडाका शंकर साउँद र उनकी श्रीमतीका साथै बर्दियाका एक चौधरी थर भएका व्यक्ति भएको अपुष्ट खबर प्राप्त भएको छ । उनीहरुले भारतको हरियाढणा भन्ने ठाउँबाट चोरी गरेर आएको बताईएको छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल खक्रौलाका डिएसपी जंग कुँवरले तिकुनीयाँको बसपार्कबाट नेपाली पक्राउ परेको भन्ने सुन्नमा आएको भएपनि विस्तृत जानकारी प्राप्त नभएको बताए । उनले घटनाका बारेमा भारतीय पक्षसँग सोधपुछ भैरहेको जानकारी दिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया