Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार २९ गते शुक्रबार

२ कराेडकाे पुल नदिले बगाएपछि, खाेलेर सुरक्षित ठाउँमा राख्दै पालिका ।
फायल फाेटाे

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलका सामान सुरक्षित स्थानमा राख्न थालिएको छ। गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो।

अविरल वर्षाका कारण नदीमा बाढी आउँदा पुल भएको स्थानमा व्यापक कटान भइरहेको छ। जग्गा कटान हुँदा पोल ढलेर नदीमा खसेको छ। पुलका सामान हटाएर सुरक्षित स्थानमा राख्न थालिएको वडाध्यक्ष नवलसिंह रानाले बताए। पुलका सामान चोरी हुनसक्ने भएकाले सुरक्षित स्थानमा राख्न थालिएको उनको भनाइ छ।

‘पुल खोल्नका लागि मजदुरको ज्याला र ढुवानी खर्च नगरपालिकाले व्यहोर्ने आश्वासन दिएको छ,’ वडाध्यक्ष रानाले भने। निर्माण भएको १ वर्ष नपुग्दै बाढीका कारण गत वर्ष पुल चुँडिएर नदीमा खसेको थियो। पुल ढलेपछि स्थानीयले नदी तर्न सास्ती खेप्दै आएका छन्।

विद्यार्थी र बिरामीलाई यसबाट बढी समस्या भएको छ। ‘नदीमा ढलेको पुल हटाउन १ वर्ष कुर्नुपर्‍यो,’ स्थानीय लक्ष्मण रानाले भने, ‘नयाँ पुल निर्माणको माग गरेका छौं, सुनुवाइ भएको छैन।’ पुल २ करोड ५० लाखको लागतमा निर्माण गरिएको थियो। 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>