Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार २९ गते शुक्रबार

घुस आएकाे पैसा बराबर नबाडेकाे भन्दै कुटाकुट, प्रहरी चाैकिमा पुग्याे निवेदन ।

बैतडीको सुर्नया गाउँपालिका वडा नं ५मा वडा सदस्य कर्णबहादुर बिष्ट र स्थानीयबीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सुर्नया गाउँपालिकाको वडा नं ५ रडीगाउँमा योजनाको हिसाबका बिषयमा वडा सदस्य बिष्ट र अन्य स्थानीयबीच विवाद भएको देखिएको छ । 

विवादपछि वडा सदस्य बिष्ट हातपात गर्न तम्सिएका भिडियोमा देखिएको छ । उनको यो कार्यशैलीको अहिले व्यापक आलोचना भइरहेको छ । जनप्रतिनिधि नै यसरी कुटपीटमा उत्रिनु नराम्रो भएको भन्दै आलोचना भइरहेको हो । महिला समुहबाट निर्माण गरिएको सिँचाइ पोखरी योजनाको बिषयमा विवाद हुँदा वडा सदस्य बिष्ट कुटपिट गर्न उत्रिएका  हुन् ।

उनले अशोभनीय रुपमा गालीगलौज समेत गरेका छन् । सिँचाइ पोखरी योजना निर्माणको साढे चार लाख आफूले वडा सदस्य बिष्टलाई बुझाएको तर आफूहरुको खर्च भएको रकम नदिएको उपभोक्ता समिति अध्यक्ष कलावती बिष्टले आरोप लगाइन् । 

योजनाको हिसाबकिताब माग्दा आफूहरुमाथि वडा सदस्य कुटपीटमा उत्रिएका अध्यक्ष बिष्टले बताइन् ।  यता वडा सदस्य कर्णबहादुर बिष्टले आफूमाथि हातपात भएको बताएका छन् । आफूमाथि हातपात गरेकाले आफू बाध्य भएर प्रतिकारमा उत्रेको उनले बताए । आफूले प्रहरीचौकीमा निवेदन समेत दिएको वडा सदस्य बिष्टले बताए ।आफूले योजनामा कुनै रकम नमागेको उनको दाबी छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>