Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार ३० गते शनिबार

श्रीमानलाई ड्राइभर बनाएर सरकारी गाडीको दुरुपयोग गर्दै उपप्रमुख राना

कञ्चनपुरको पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया कुमारी रानाले सरकारी साधनको दुरुपयोग गर्दै आएकी छन् ।
स्थानीय तहमा अनुगमन समितिको संयोजक नगर उपप्रमुख रहने व्यवस्था भए पनि उपप्रमुख रानाले राजनीतिक दम्भका आधारमा एक वर्ष देखि नगरपालिकाबाट आधिकारिक नतोकिएका आफ्नै श्रीमानलाई सरकारी गाडीको ड्राइभर बनाएर साधनको दुरुपयोग गर्दै आएकी हुन् । नगरपालिकाले तोकिएका ड्राइभर राम बोगटीलाई हटाएर अहिले उपप्रमुख रानाले आफ्नै श्रीमान् पदम देउवालाई ड्राइभर बनाएका छन् ।


अझ रोचक कुरा के छ भने नगरपालिकाबाट सुविधाका रुपमा लिएको सेतो नम्बर प्लेटको बा २ झ ३०६४ नम्बरको जीप जनताको सेवा भन्दा बढी आफन्तहरू ओसारपसार गर्ने देखि भारतीय बजारमा किनमेलका लागि प्रयोग हुने गरेको छ । उपप्रमुख रानाले आफ्नै बिहेमा पानी पुरी लगायतका थुप्रै सामानका लागि भारतको पलिया र बनगाँउबाट समेत नगरपालिकाकै सेतो प्लेटको साधनबाट सामान ओसारपसार गरिएको पाइएको छ ।
यसरी सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग हुँदा नगरपालिकाले कुनै पनि चाँसो देखाएको छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले भने नगरपालिकाले पहिले नै सो गाडीको लागि ड्राइभर नियुक्त गरिसकेको बताउँदै उपप्रमुख रानाका श्रीमानलाई नगरपालिकाले अहिलेसम्म ड्राइभरमा नियुक्त नगरिएको जानकारी दिए ।उनले अहिले सम्म गाडी दुरुपयोग भएको भन्ने कुनै गुनासो नआएको दाबी गरे ।
‘नगरपालिकाले प्रत्येक गाडीको लागि ड्राइभर नियुक्त गरिसकेको छ । अब उपप्रमुख चढ्ने गाडी कसले चलाउँछ भन्ने कुरा हामीलाई थाहा छैन,’ उनले भने ‘सरकारी गाडीलाई सरकारी काममा प्रयोग गर्ने हो । नगरपालिकाले अहिले सम्म सो गाडी भारतीय बजारमा पठाएका छैनौ । पठाउन पनि मिल्दैन । तर यसरी भारतीय बजारमा सो गाडी कसरी पुग्यो भन्ने विषयमा हामीलाई थाहा छैन ।’
यता नगरको अनुगमन समितिको संयोजक समेत रहेकी उपप्रमुख रानाले आफू बिरामी भएका कारणले श्रीमानलाई ड्राइभर राखेको प्रतिक्रिया दिइन्  । गाडी एक वर्षदेखि दुरुपयोग भइरहेको छ नि भन्ने हाम्रो प्रश्नमा उनले कुनै पनि जवाफ नदिई फोनमा कुरा गर्न मानिनन् । उनले सो जवाफ फोनमा नभई प्रत्यक्ष भेटेर दिने दाबी गरिन्  ।  यद्यपि हामीले उपप्रमुख रानालाई कार्यालयमै गएर एक हप्तादेखि सो विषयमा कुरा गर्न खोज्दा आफूलाई सन्चो नभएको भन्दै पन्छिएकी थिइन् । नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागले नगरपालिकालाई २०७९ साल माघ १२ गते सो गाडी हस्तान्तरण गरेको थियो ।


#सरकारी स्राेत साधनकाे दुरुपयाेग

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>