Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८० साउन ०१ गते सोमबार

कंचनपुरमा लागुऔषधकाे प्रयाेग बढ्दै, चार बर्षमा ८ सय ३८ पक्राउ ।

कञ्चनपुर जिल्लामा लागु औषधका घटनाहरूमा वर्षेनी वृद्धि भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको विवरणले कञ्चनपुरमा लागु औषधको कारोबारले विकराल स्थिति सृजना गरेको पुष्टि गरेको छ ।

प्रहरी स्रोतका अनुसार, चालु आर्थिक वर्ष २०७९।०८० मा कञ्चनपुर जिल्लाभर २५५ जना पुरुष र १३ जना महिला नेपाली तथा १४ जना भारतीय गरी जम्मा २८२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७६।०७७ मा पुरुष ७७, महिला ३ र भारतीय नागरिक ७ जना गरी जम्मा ८७ जनालाई प्रहरीले लागु औषध मुद्दामा पक्राउ गरेको थियो । तर त्यसको अर्को वर्ष २०७७।०७८ मा उक्त सङ्ख्या झण्डै तेब्बरले वृद्धि भयो । सो आर्थिक बर्षमा पुरुष २१६, महिला ४ र भारतीय नागरिक १० जना गरी जम्मा २३० जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो । गत आर्थिक वर्ष २०७८।०७९ मा पुरुष २१८, महिला ८ र भारतीय नागरिक १३ जना गरी जम्मा २३९ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसरी पक्राउ पर्नेमा अधिकांश युवावस्थाका व्यक्तिहरू छन् । उनीहरूले चरेस, खैरो हेरोइन तथा नाईट्राभेट लगायतका दर्जन बढी नामका लागु औषधहरूको कारोबार गर्ने गरेको पाइएको छ  ।


#लागुऔषध

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>