Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन ०३ गते बुधबार

बाढीले फसेका बालबालिका लाई शसस्त्रले गर्याे उद्धार ।

सशस्त्र प्रहरी बलले जोगबुढा नदीको बाढीमा फसेका पाँच बालबालिकाको उद्धार गरेको छ । मंगलबार दिउँसो साढे १ बजेतिर गाई बाख्रा चराउन गएका दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका बालबालिका जोगबुढा नदीमा अचानक बाढी आएपछि बीचमै फसेका थिए।

बडुवाल टोलकी १२ वर्षीया खुसी राना क्षेत्री, ९ वर्षीया सानु दमाई, ११ वर्षीया रोशनी सुनार, ९ वर्षीया भावना सुनार र १० वर्षीया मुस्कान दमाई नदीमा अचानक बाढी आएपछि अग्लो स्थानमा बसेका थिए।

दोधारा चाँदनी नगरपालिका–३ स्थित मायापुरी जंगल नजिक नदीमा बालबालिका फसेको जानकारी पाएपछि सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) भीम बहादुर चन्दको कमाण्डमा खटिएको १२ जनाको टोलीले बालबालिकाको उद्धार गरेको हो।

दिउसो करिब ३ बजे बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलको ३५ नं. गण कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले जानकारी दिएका छन्। पछिल्ला केही दिन  निरन्तर वर्षा भइरहेको छ। जोगबुढासँगै महाकाली नदीको जलस्तर पनि बढेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>