Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० साउन ०३ गते बुधबार

लघुवित्तीय संस्था र मिटर व्याजिहरुलाई खारेजकाे माग गर्दै दाेधारा चाँदनी प्रमुखलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे ज्ञापनपत्र ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले  लघुवित्तीय संस्था र मिटर व्याजिहरुलाई खारेजकाे माग गर्दै दाेधारा चाँदनी नगरपालिका प्रमुखलाई  ज्ञापनपत्र बुझाएकाे छ ।

बुघबार पार्टिका दाेधारा चाँदनी नगर ईन्चार्ज दिपेन्द्र ऐरी र संयाेजक बिरेन्द्र नाथ सहितकाे टाेलिले नगर प्रमुख किशाेर कुमार लिम्बुलाई ज्ञापनपत्र बुझाएका छन ।


   शिक्षा र स्वास्थ्य जस्ता महत्वपुर्ण कुरामा राज्यको नीति भए पनि कार्यान्वयनमा सरकार अन्धो भई मौन छ, लघुवित्तीय संस्था र मिटर व्याजिहरुलाई पुर्णरुपमा खारेज गर्न राज्यले सकेको छैन। तसर्थ यो संकटको अवस्थामा नगर सरकार समक्ष हाम्रो पार्टी श्रमजीवी जनताहरुको प्रतिनिधित्व गर्दै नगर सरकार संग तपशिल बजोजिमका मागहरु तत्काल पुरा गर्न जोडदार माग गर्दछौ बिज्ञप्तिमा भनिएकाे छ ।

मागहरु -
१.भारतीय नाकाबाट आयात तरकारी फलफुल बन्द गरी देशभित्र रहेका किसानहरुले उत्पादन गरेका तरकारी फलफुलको उचित मुल्य सहित बजार व्यवस्थापन गरियोस् ।

२. सम्पूर्ण नागरिकको स्वास्थ्य विमा निःशुल्क गराईयोस् । ३. स्वास्थ्य एव शिक्षामा भईरहेको व्यापारिकरण बन्द गर्न नगर सरकारले पहलकदमी चालोस् ।

४. जनप्रतिनिधिहरुले संस्थागत विद्यालयमा लगानि नगर्न पाउने र लगानी लगाएको पाईएमा तत्काल शिक्षामा व्यापारिकरण गर्न

बाट रोक लगाईयोस्।

५. नगर सरकारले आफ्नै लगानीमा सरकारी उद्योग खोल्नुपर्ने ।

६. नगरपालिकाका अधिकांस सिमाहरु भारत संग जोडिएका छन् ती ठाउहरुमा भारतीय पक्षले पटकपटक हस्तक्षेप गर्ने जस्ता गितिविधि तिव्र रहेकाले यो समस्या समाधानका लागि तत्काल पहलकदमि गरोस् ।

७. महान दशवर्षे जनयुद्ध लगायत हरेक राष्ट्र मुक्त आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको नामबाट सार्वजनिक स्थलमा सहिद प्रतिक्षालय बनाओस् ।

८. नगर भित्र निर्माणधिन अवस्थामा रहेका हरेक योजनाहरु अनुगमन गरी तत्कात मापदण्ड अनुसार काम अगाडि बढाउन निर्देशित गरोस् ।

९. नगरपालिका अन्तर्गत रहेका सशस्त्र प्रहरी र जनताहरु बिच पटकपटक हुने बिवादको वैज्ञानिक कारण पत्ता लगाई उक्त
समस्याको समाधानका लागि कार्यदल तय गरियोस् ।
१०. लागु औषध नियन्त्रणका लागि नगरपालिकाले जनचेतना मुलक कार्यक्रम तय गरी प्रयोग कर्ता गर्ने र ओसारपसार गर्नेहरुलाई कार्वाहिका लागि पहलकदमी चालोस् ।

११. यस नगरपालिका भित्र रहेका मिटर व्याजीलाई कानुनको कटघेरामा उभ्यानुका साथै लघुवित्तीय संस्था तत्काल खारेज गर्न जोडदार माग गर्दछौं ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>