राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको विभागले जानकारी दिएको छ । अहिले पनि अपरेशन जारी रहेकाले सुन ठ्याक्कै यति नै छ भनेर भन्न नसकिने विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । प्राप्त जानकारीअनुसार दुई जनालाई पक्राउ पनि गरिएको छ । बरामद भएको सुन ८० किलोभन्दा बढी रहेको स्रोतको दाबी छ । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो । सुन हङकङबाट आएको पनि स्रोतको दाबी छ । घटनाका विषयमा विस्तृत विवरण भने आउन बाँकी छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया