सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
''कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशित गर्ने निर्णय भएको छ,'' उनले भनिन् । योसँगै नयाँ कम्पनी दर्ता, पुँजी वृद्धि र कम्पनी खारेजीको काम अनलाइनबाट निःशुल्क गर्न सकिने भएको छ ।
आर्थिक वर्ष २०८०-८१ को बजेटमा अनलाइनबाट कम्पनी दर्ता तथा पुँजी वृद्धि कार्यान्वयन गर्ने कार्यक्रम ल्याउने घोषणा गरिएको थियो । यसपछि कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी दर्ता र पुँजी वृद्धि गर्न नयाँ सफ्टवेयरमार्फत फिचर थप गरिरहेको छ ।
नयाँ दर्ता, पुँजी वृद्धि र खारेजीबाहेक अन्य कामका लागि भने शुल्क लाग्ने व्यवस्था छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया