Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन ०५ गते शुक्रबार

दाेगडा केदारका बिष्ट बागका छाला सहित अत्तरिया बाट पक्राउ

कैलालीको अत्तरियाबाट बाघका छाला सहित २ जना पक्राउ परेका छन ।

गोदावरी नगरपालिका – २ अत्तरिया स्थित रिङरोडबाट बाघको छालासहित बैतडी दोगडाकेदार गाउँपालिका – २ का ६५ बर्षीय देब सिंह बिष्ट र पाटन नगरपालिका – ८ का ३० बर्षीय हर्क बहादुर बिष्ट पक्राउ परेका हुन ।

उनीहरुको साथबाट पुच्छर सहित ६ फिट ११ इन्च लम्बाइ, २ फिट ४ ईन्च चौडाई र पुच्छर सहित ७ फिट ३ ईन्च लम्बाइ, २ फिट चौडाई भएको २ ओटा बाघको छाला बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट प्रहरी नायव निरिक्षक प्रकाश बहादुर कडायतको कमाण्डको टोली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोसाकको प्रहरी टोलीले बिशेष सुराकीको आधरमा पक्राउ गरेको थियो ।

बरामद गरिएको छाला सहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>