Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० साउन ०६ गते शनिबार

४० मेगावाटकाे अपर चमेलिया परिक्षण सफल  ।

चमेलिया नदीकाे किमबगडमा बनेकाे ४० मेगावाट क्षमताकाे अपर चमेलिया जलविद्युत आयाेजनाकाे परीक्षण सफल सम्पन्न भएकाे छ ।

अपी पावर कम्पनीले निर्माण गरेकाे याे आयाेजनाकाे शुक्रबार देखि परीक्षण सुरु गरिएकाे हाे ।

दार्चुलाकाे मार्मा गाउँपालिका-१, किमबगडमा चमेलिया नदिमा बाध बाधेर ६ किलाेमिटर तल मार्मा गाउपालिका-२, घट्टीगाडमा रहेकाे विद्युत गृहमा पानी खसालेर परीक्षण सुरु गरिएकाे कम्पनीका प्रवन्ध निर्देशक सन्जीव न्याैपानेले बताए।

आयाेजनाकाे ६ हजार एक सय मिटर लामाे पेन्सटक पाइपलाईन, तीनवटै टरबाईन, जेनरेटर र अन्य उपकरणहरुकाे परीक्षण सफल भएकाे उनले बताए ।

निर्माण सम्पन्न भएपछि आयाेजनाकाे प्राविधिक टाेलीले शुक्रवार विद्युत गृहमा पानी खसालेर मेसिनहरुकाे परीक्षण सुरु गरिएकाे आयाेजनाकाे निर्माण तर्फका प्रमुख ईन्जिनियर मनिश सिंह ठगुन्नाले बताए।

आज देखि परीक्षणका रुपमा विद्युत उत्पादन गरि  बलाचस्थित सब स्टेसनबाट राष्ट्रिय प्रशारण लाईनमा जाेडिने उनले बताए।

करीब आठ अर्ब लागतमा निर्माण भएकाे अपर चमेलियाले ३० महिनामै आयाेजना सम्पन्न गरेकाे हाे। अबकाे करिब २ सातापछि व्यावसायिक उत्पादन थाल्ने अपि पावर कम्पनिले जनाएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>