Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
धनगढी
२०८० साउन ०८ गते सोमबार

खैराे हेराेईन सहित कैलालीमा श्रीमान श्रीमती पक्राउ ।

कैलालीका लागुऔषध कारोबारी एक दम्पतिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

घरमा लुकाएर राखिएको लागुऔषधसहित ती दम्पतिलाइ प्रहरीले आइतवार पक्राउ परेको हो। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–५ गेटा बस्ने २० वर्षीया अनिता राना र उनको श्रीमान २४ वर्षीय अन्तराम रानालाई पक्राउ गरेको जनाएको छ।

घरमा खानतलासी गर्ने क्रममा उनीहरू सुत्ने कोठामा राखिएको प्लाष्टिकको जेब्रा झोलामा २ ग्राम लागुऔषध खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको हो। दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। अन्तराम रानालाई ३ महिना अगाडीपनि सामान्य चोरीको घटनामा कारबाही गरिएको प्रहरीले जनाएको छ।

उनीहरूले अपाङ्गताको आवरणमा श्रीमान–श्रीमती भारतको सीमानाका बजारबाट लागुऔषध ल्याएर गाउँटोलका युवा ग्राहकहरुलाई स–साना पुरिया बनाई बिक्रीवितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>