Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन १० गते बुधबार

गाेरखापत्रका अध्यक्ष समेत ५ लाई राष्ट्रिय सर्कता केन्द्रले कार्वाहि गर्न निर्देशन ।

राष्ट्रिय सतर्कता केन्द्रले गाेरखापत्र संस्थानका अध्यक्ष समेत ५ जनालाई कार्वाहि गर्न निर्देशन गरेकाे छ । न्युनतम प्रकृया समेत नपुर्याई कर्मचारि भर्ना गरेकाे आराेपमा कार्वाहि गर्न निर्देशन गरेका हाे ।

यस्ताे निर्देशन पछि भर्ना गरेका १२ जनाकाे नियुक्ति समेत खारेज हुने भएकाे हाे ।

 
केन्द्रले आफ्नाे हटलाईनमा प्राप्त गोरखापत्र संस्थान न्युरोड कार्यालयमा कार्यरत कार्यकारी अध्यक्ष श्री विष्णु प्रसाद सुवेदीले न्युनतम प्रकृया समेत नपुर्याई ठाडो तोक आदेशको आधारमा धेरै कर्मचारी करारमा नियुक्ति गरेकाले छानविन गरी कारवाही गरी पाउँ भन्ने व्यहोराको सूचनाको सम्बन्धमा छानविन गर्दा गोरखापत्र संस्थानको मिति २०७८।०७।३० को निर्णय बमोजिम सेवा करारमा नियुक्ति पाएका तपसिलका विभिन्न पद र तहका १२ जना कर्मचारीहरुको नियुक्ति गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली, २०५२ को विनियम ४१ बमोजिम पदपुर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नु पर्नेमा, पदपुर्ति समितिको गठन एवं सिफारिस बिना नै उक्त विनियमावलीको प्रकृया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको पाईयो । सो कार्य छानविनको क्रममा गोरखापत्र संस्थानले उपलब्ध गराएको जवाफ तथा कागजातबाट समेत पुष्टी भएको हुँदा उक्त नियुक्तिहरु खारेज गरी गराई सो नियुक्ति दिने प्रकृयामा संलग्न गोरखापत्र संस्थानका कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल र कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई प्रचलित नियम अनुसार कारवाही गर्न भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ (छ) र (झ) बमोजिम केन्द्रको सचिव स्तरीय निर्णयानुसार निर्देशन दिईएको पत्रमा  उल्लेख गरेकाे छ ।


#गाेरखापत्रका अध्यक्ष समेतलाई कार्वाहि गर्न निर्देशन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>