Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन ११ गते बिहिबार

कंचनपुरमा कल बाईपास गरेकाे आराेपमा भारतिय सहित ३ पक्राउ ।

कञ्चनपुरमा कल बाईपास गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीबाइबीले ३ जनालाई पक्राउ गरेको छ । कल बाइ पासमा संलग्न भारतीय नागरिक सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक गुल्जार अमहद वर्ष ५६, भीमदत्त नगरपालिका १० वर्ष ४७ का दिपक सिह बोहरा र दोधारा चाँदनी वर्ष ४० का प्रविन खड्का का रहेका छन् ।

सिआइबीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरसित समन्वय गरी बुधबार उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार अहमदलाई महेन्द्रनगर बजार गल्ली नं. ४ स्थित एभरेष्ट बैंक भएको घरबाट पक्राउ गरिएको छ । बोहरालाई जिमुवा र खड्कालाई दोधारा चाँदनीबाट पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले कल बाइपासमा प्रयोग हुने ल्यापटप सहित उपकरण सहित उनीहरुलाई पक्राउ गरिएको बताए ।

‘पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको छ’ उनले भने । सिआइबीले उनीहरुमाथि दुर सञ्चार ऐन अनुसार अनुसन्धान अघि बढाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले बंगलादेश कल बाइपास गर्दै आएको देखिएको छ ।

कञ्चनपुर प्रहरीका प्रवक्ता डाँगीले अहिले तीन जना पक्राउ गरिए पनि अन्य पनि संलग्न हुन सक्ने आशंका गरे । ‘अरु पनि संलग्न छ छैनन् भन्ने कुरा अनुसन्धानबाट थाहा हुन्छ’ उनले भने ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>