दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीमा रहेको खेती योग्य जग्गा जोगाउन तिब्रता पुर्वक अस्थायीरुपमा तटबन्ध निमार्ण अघि बढाईएको छ् ।
दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा स्थानियहरुको खेती योग्य जग्गा महाकाली नदीले कटानी गर्न थाले संगै दोधारा चाँदनी नगरपालिका कार्यालय वडा कार्यालय, शसस्त्र पहरि बलकाे सहयोगमा नदी नियन्त्रणका लागी अस्थायीरुपमा तटबन्ध निमार्ण कार्य सुरु गरिएको शसस्त्र प्रहरी कंचनपुर का प्रमुख यश पि प्रेम रावलले जानकारी दिएका छन् ।
महाकाली नदीमा पानीको बहाव तिब्र भएसंग महाकाली नदीले बस्तीको खेतीयोग्य जग्गा कटानी गर्न थालेको हो । नदीले झण्डै १ बिघाह भन्दा बढी खेतीयोग्य कटानी गरेको वडा १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताएका छन् ।
स्थानियबासी, सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निमार्ण कार्यमा जुटेका छन् । अस्थायी तटबन्ध निमार्णले केही हद सम्म कटानी रोक्ने अपेक्षा गरिएको छ् ।
बाँसकाे बाकस तयार पारि बोरामा बालुवा हालेर अस्थायी तटबन्ध बनाउन थालिएको छ् । नदीको कटानीले स्थानियहरुको तरकारी वाली, धान वाली तथा मकै वाली नष्ट गरेको छ् ।
महाकाली नदीमा पानीको बहाव तिब्र भएर खड्क सुनार, कर बहादुर सुनार, धन बहादुर सुनार, नैन सिंह सुनार, ऐन बहादुर सुनार, भिम बहादुर खत्री, लिाल देबी खत्री, जितु खत्री, कले खत्री गरि झण्डै २ बिघाह खेती योग्य जग्गा कटानी गर्दै आएको छ् । बस्ती नजिक कटानी गर्न थाले संगै स्थानियबासीमा त्रासको बाताबरण छाएको स्थानियहरुले बताएका छ् ।
स्थानियहरुले बिगत लामो समय देखि बस्तीमा पक्की तटबन्ध निमार्णको लागी माँग गर्दै आएपनि अझै सम्म उनिहरुको माँग पुरा हुन भने सकेको छैन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया