Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन १४ गते आइतबार

नेभ्ला कंचनपुरले मुख्यमन्त्री र प्रधानमन्त्री लाई लम्फिस्किन राेगबारे छ बुदे मागपत्र बुझायाे ।

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) कञ्चनपुरले पशुहरूमा अहिले  महामारीको रुपमा फैलिरहेको लम्फिस्किन रोगको रोकथामको लागि ६ बुँदे माग सहित जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको छ ।

पशुहरू फैलिएको रोग लम्फिस्किन डिजिज (एलएसडी) को न्यूनीकरण एवम् प्रभावकारी उपचार सहित बिभिन्न माग गर्दै (नेभ्ला) केन्द्रीय सदस्य टेक बहादुर चन्द जिल्ला अध्यक्ष तेज राज जोशी लगायतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी धर्म राज जोशी मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सरकार मुख्य मन्त्रीको कार्यालयलाई ज्ञापन पत्र पठाएका हुन् । आफ्ना माग सम्बोधन नभएमा विभिन्न विरोधका कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुने नेभला कञ्चनपुरका अध्यक्ष तेजराज जोशीले बताएका छन ।

यस्ता छन मागहरू : १. लम्पी स्किन रोगबाट भयावह बन्दै गएकोले महामारीको अवस्थालाई मध्यनजर गर्दै संकटकाल घोषणा गर्नुपर्ने । २. लम्पी स्किन रोग नियन्त्रणको लागी ठोस योजनाको साथ आवश्यक औषधी तथा खोपको व्यवस्था गर्नुपर्ने । ३. लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागी पशु चिकित्सक र प्राविधिकहरू सशक्त रुपमा परिचालन गर्नुपर्ने । ४. लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागी प्रयोग हुने औषधीहरूको बजारमा अभाव रहेकोले आवश्यक औषधीहरूको उपलब्धता बढाउनु पर्ने । ५. बिमा गरिको पशुहरूको बिमा बापतको क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने । ६. लम्पी स्किन रोगबाट मृत्यु भएका पशुहरू र प्रत्यक्ष रुपमा प्रभावित भएको कृषक र व्यवसायीहरूलाई राहतको कार्यक्रम ल्याउनु पर्ने, उनीहरूको माग रहेको छ ।


#भेटनरि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>