Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
झापा
२०८० साउन १५ गते सोमबार

कार्यकारि अधिकृतले क्वाटरमै अनैतिक गतिबिधि गरेपछि

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि उनले भिडियोमा देखिएको कोठामा रङरोगन गर्न लगाएका छन् ।

उनले प्रमाण नष्ट गर्न आफ्नो बेड रुममा रङाइएको हरियो रङमा पहेला रङ लगाएका हुन् । पहिलो पटक रङ कोडिङ गर्दा पहिलोको हरियो रङ पनि हल्का देखिएको छ । भिडियोमा देखिएको एसीले भने कोठा नगरकै क्वार्टर भएको पुष्टि गर्छ । क्वार्टरभित्रै ‘गर्ल फ्रेन्ड’ राखेर अनैतिक गतिविधि गर्दै आएका उनको भिडियो टिकटक लाइभ मार्फत बाहिरिएको थियो ।

गल्ती ढाकछोप गर्न प्रमुख प्रशासकीय अधिकृत निरौलाले नगरकै बजेट दुरुपयोग गरेर क्वार्टरमा रङरोगन गरेर प्रमाण नष्ट गर्न सुरु गरेका हुन् । भिडियोमा देखिएको कोठा नगरको क्वार्टर नभई काठमाडौंको एक होटल भएको दाबी गर्दै आएका निरौलाले क्वार्टर नभएको पुष्टि गर्न रङरोगन गरेका हुन् । रातारात क्वार्टरमा रङरोगन किन गर्नुभएको ? भन्ने प्रश्नमा निरौलाले नियमित सरसफाईअन्तर्गत कोठाको रङरोगन गरिएको दाबी गरे ।

अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि सार्वजनिक भएको थियो । नगर प्रमुख रामकुमार थापाले घटनाबारे नबोल्ने भन्दै पन्छिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>