Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०८० साउन १६ गते मङ्गलबार

बैतडिकै कान्छा वडा अध्यक्ष जस्ले टोल टोल मै गएर एक हातमा भत्ता अर्को हातमा थर्मस दिएर खुसी बनाए वृद्धवृद्वाहरुलाइ

मेलौली नगरपालिका-०८ कोटिगाँउका वडा अध्यक्ष तपेन्द्र सिह बिष्ट जिल्लाकै कान्छा वडा अध्यक्ष हुन। वडा अध्यक्ष बिष्टले निर्वाचित भएको पहिलो बर्षमा गरेका कामहरुमध्ये एउटा काम भने गज्जबको गरेका छन।

अहिले मेलौली नगरपालिकाको प्रत्येक वडामा सामाजिक सुरुक्षा भत्ता वितरण भईरहेको छ। कुमारि बैँक मेलौलीसगं समन्वय गरेर पालिकाले प्रत्येक वडामा भत्ता वितरण गर्ने कार्य गरिरहेको छ। आईतबारबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण कार्य आज (मंगलबार) बाट ८ नम्बरमा सुरु भएको छ।

नगरपालिका र बैकँमा आउदा जादा हुने समस्यालाई समाधान गरि वडामै भत्ता पाउदा बृद्ध बृद्धाहरु खुसि भएको वडा अध्यक्ष बिष्टले बताए। आर्थिक बर्ष २०७९/०८० को लक्षित बर्ग कार्यक्रम अंन्तरगत आफ्नो वडाले सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण जेष्ठ नागरिकहरुलाई थर्मस वितरण गर्ने निर्णय अनुसार भत्तासगै थर्मस वितरण गरिरहेको उनले बताए।

जेष्ठ नागरिकहरु बिरामि र केहि स्वास्थ्य समस्या देखिएको अवस्थामा तातोपानि पिउन सहज होस भनेर थर्मस वितरण गरिएको जानकारी दिए। एउटा हातमा सामाजिक सुरक्षा भत्ता र अर्को हातमा थर्मस दिदा जेष्ठ नागरिकहरु ज्यादै खुसि भएको वडा अध्यक्ष बिष्टले बताए।

वडा नम्बर ८ मा १४७ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही रहेका छन। पहिलो दिन ९० जनालाई भत्तासगै थर्मस वितरण गरिएको र बाकिलाई भोली वितरण गरिने जनाईएको छ। जेष्ठ नागरिकहरुलाई वितरण गरिएको थर्मसका लागि वडाले लक्षित बर्ग कार्यक्रम (महिला दलित बालबालिका) भनेर १ लाख ५० हजार रकम बिनियोजन गरेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>