Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन २० गते शनिबार

बर्खामा नियम बिपरित खाेला दाेहन गर्ने ठेकेदारका साधन अध्यक्षले लगाए प्रहरिकाे जिम्मा ।
बगुन खाेलामा उत्खनन् गर्दै ट्याक्टर

मध्य बर्खामा खाेला दाेहन गर्ने ठेकेदार कम्पनिका सवारि साधन वडा अध्यक्षले प्रहरिकाे जिम्मा लगाएका छन । असार १ गते बाट भाद्र मसान्त सम्म खाेला नाला उत्खनन् गर्दा तटिय क्षेत्रमा क्षति हुने भन्दै सरकारले उत्खननमा राेक लगाएकाे छ ।

कंचनपुरकाे बेदकोट नगरपालिका- ४ बगुन खाेलामा तटबन्ध गर्ने नाममा अबैध उत्खनन् गरिरहेका एम डि कन्सट्रक्सनका २ वटा ट्याक्टर वडा अध्यक्ष नरेन्द्र बहादुर बोहराले प्रहरि बाेलाई शुक्रवार  प्रहरिकाे जिम्मा लगाएकाे हाे । नियन्त्रणमा लिएका ती दुबै ट्रयाक्टर प्रहरी कार्यालयमा राखिएका छन् ।

महाकालि सिचाइ तेस्राे चरणकाे आयाेजना बाट बगुन खाेलामा तटबन्धकाे ठेक्का लीएकाे र तटबन्ध गर्न खाेला उत्खनन् गरेकाे बताउदै मध्यबर्खामा खाेला उत्खनन् गर्न आएका एम डि कन्सट्रक्सनका संचालक अमर मल्ललाई  वडाअध्यक्ष बाेहराले सिचाई, बन र प्रशासनकाे अनुमति पत्र ल्याउनु भन्दा भाेलि ल्याउने बताएको र अर्काे दिन अनुमति नल्याइ खाेला प्रवेश गरेपछि प्रहरिकाे जिम्मा लगाएकाे अध्यक्ष बाेहराले बताएका छन ।

अध्यक्ष बाेहराका अनुसार एमडि कन्स्ट्रक्सनले बिगत ३ बर्ष यता तटबन्धको ठेक्का लिएकाे देखाउदै बिना राेयल्टि खाेला उत्खनन् गरेकाे, उत्खनन् गरेकाे पदार्थ खाेलामा भण्डारण गरेर राखि कन्स्ट्रक्सन समेतका अन्य पक्षलाई बिक्रि गरेकाे बताएका छन । चाडाे तटबन्ध गर्नु भन्दा ढिलासुस्ति गरेर काम नगरि खाेला उत्खनन् गर्नका लागि काममा ढिलासुस्ति गरेकाे समेत अध्यक्ष बाेहराले बताएका छन ।

यश सम्बन्धमा महाकालि  सिचाइ तेस्राे चरणका आयाेजना प्रमुख रण बहादुर बम संग सम्पर्क गरि बर्खामा ठेकेदारलाई काम गर्न अनुमति दिएकाे हाे भन्दा वहाले `बर्षामा काम गर्ने अनुमति छैन।खोला नाला नियम संगत खुले पछि मात्र काम गर्न भनिएको´ बताउनु भयाे ।

एमडी कन्स्ट्रक्सनका सञ्चालक मल्लले वडा अध्यक्ष बोहराले प्रहरी बोलाएर ट्रयाक्टर नियन्त्रणमा लिन लगाएको बताए । ‘खोलामा तटबन्धको काम भई रहेको छ, अध्यक्षज्यूले खोलामा ट्रयाक्टर नहाल्नु भन्नु हुन्छ, आज काम भै रहेका बेला प्रहरी बोलाएर नियन्त्रणमा लिन लगाइएको छ ।’

एमडि कन्स्ट्रक्सनले विभिन्न ठाउमा ठेक्का लिने र अलपत्र पार्ने बताईएकाे छ । भिमदत्त नगरपालिका २ मा पर्ने भासिकाे सुख्खा खाेलामा तटबन्ध गर्न भएकाे तटबन्ध खनेर ढुङ्गा खाेलामा थुप्रिएकाे तर तटबन्ध नगरेकाे स्थानिय हरिदत्त जाेशीले बताएका छन ।
यस्तै कंचनपुरकाे पुर्वाधार कार्यालयबाट ठेक्का लिई माेबिलाईजेसन चार्ज समेत लिई भिमदत्त नगरपालिका भासि, उल्टाखाम, हल्दुखाल लगायतका ठाउँमा लिएकाे पैसा बराबर समेत काम नगरि ठेक्का अलपत्र पारेकाे पुर्वाधार विकास कार्यालय स्राेतले बताएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>