Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन २१ गते आइतबार

शेरबहादुर देउवाकाे गृह जिल्लामा महिलाहरु बाटाेमै सुत्केरि हुन बाध्य, बाटाे खन्न तेलकाे लागि चन्दा संकलन गर्दै युवा ।

पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन् । शनिबार जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ८ आईडुङ्ग्राकी विमला नेगीले सुत्केरी अस्पताल नपुग्दै शिशुको जन्म दिएकी हुन ।

नगरपालिकामा अधिकांस सडकहरु बर्षाले विग्रिएका कारण त्यहाका स्थानीय सडकको पहुचबाट टाढा छन् ।
विमलाले अस्पताल लैजाने क्रममा बाटोमै शिशुलाई जन्म दिएकी हुन । प्रसव पीडा सुरु भएपछि विमलालाई स्थानीयले स्टेचरमा बोकेर अस्पताल लग्ने क्रममा अस्पताल नपुग्दै बाटोमै शिशुलाई जन्माएको स्थानीय कविता धमलाले जानकारी दिईन् ।

परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारलाई गत असार २६ गते (मंगलबार) सुत्केरी ब्यथाले च्यापेपछि स्वास्थ्य चौकी लैजाने क्रममा बाटौमै शिशु (छोरा)लाई दिएकी थिइन् । त्यसैगरी गत मंसिरमा पनि जमरानीकै संगिता लुहारलाई जोगबुढा अस्पताल लैजाँदै गर्दा बाटौमै शिशुलाई जन्माएकी थिईन् ।

परशुराम नगरपालिकामा बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता भोग्ने विमला, मिना र संगिता त प्रतिनिधि पात्र मात्र हुन् उनीहरु जस्तै सयौ महिलाले बाटोमै शिशु जन्माउनुपर्ने बाध्यता भोगेको भएता पनि बाहिर भने नआएको स्थानीय धनबहादुर बाेहराले बताए ।

डडेल्धुरा जिल्लाबाट संघिय र प्रदेश सभामा गरी ८/८ जनाको प्रतिनिधित्व छ तर उनीहरुले स्थानीय मुद्धा संसदमाबोलेको कहिलै बाहिर आएको छैन । प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा र डा. आर्जु देउवाले प्रतिनिधित्व गर्छन् । त्यसैगरी राष्ट्रिय सभामा नेकमा माओवादी केन्द्रका माननिय जगत पार्की र माननिय महेश कुमार महराले प्रतिनिधित्व गर्छन । यस क्षेत्रबाट प्रदेश सभामा खगराज भट्ट र गिता देवि मालले प्रतिनिधित्व गरेका छन् । प्रदेश सभा सदस्यको अर्को क्षेत्रबाट सरस्वती खड्का र डा तारा जोशीले प्रतिनिधित्व गरेका छन् । तर कुनै पनि जनप्रतिनिधिले विकासको मुद्धा संसदमा उठाएका छैनन् ।

बर्षादले विग्रिएका सडक मर्मत गर्नतर्फ त्यस ठाउबाट पटक पटक प्रतिनिधित्व गर्दै ५/५ पटक देशकै प्रधानमन्त्री भईसकेका पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाको त गएन गएन त्यहाको स्थानीय सरकारको समेत ध्यान जान नसकेको स्थानीयहरुको गुनासो छ । बर्षातका कारण नगरपालिकासंग सडक संञ्जालबाट टुटेको वडा नम्बर ८ लाई नगरपालिकासंग जोड्न स्थानीय मनोज कार्कीको नेतृत्वमा सडक मर्मतका लागि चन्दा संकलन भईरहेको छ । उनले स्काभेटरमा तेल हाल्नको लागि स्थानीयहरुबाट नै चन्दा संकलन गरिरहेको बताएका छन् । ‘सडक मर्मत गर्न स्थानीय सरकारले चासो नदिएपछि सडक मर्मत संम्भारका लागि हामी युवाहरु चन्दा संकलनमा लागेका छौ,’ वडा नंमबर ८ का स्थानीय कार्कीले भने ।


#बाटाेमा सुत्केरि हुन बाध्य

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>