Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
काठमाडौं
२०८० साउन २१ गते आइतबार

माओवादि केन्द्रका प्रदेश ईन्चार्ज फेरिए, केन्द्रीय समिति बैठक जारि ।

नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।

जसअनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिइएको छ भने उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यस्तै अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार विभागको जिम्मेवारी दिएको छ भने पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिएको छ।

गैरप्रदेश र विशेष प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव वर्षमान पुनले पाएका छन्। सचिव देवेन्द्र पौडेललाई मधेश प्रदेशको जिम्मेवारी दिएको छ। बागमती प्रदेशको इन्चार्जको जिम्मा उपमहासचिव जनार्दन शर्मालाई दिइएको छ।

सुदूरपश्चिमममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णालीमा चन्द्रप्रकाश खनाललाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ।

अहिले माओवादी केन्द्रीय कमिटी बैठक कमलादीमा जारी रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>