Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन २१ गते आइतबार

चालकका अज्ञानता कारण मन्त्रीकाे गाडि दुर्घटना भई ज्यान गयाे ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटना चालकको लापरबाहीका कारण भएको पाइएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव गंगाबहादुर खरेलको संयोजकत्वमा गठित छानबिन समितिले आज मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको प्रतिवेदनमा सवारी चालकको अदक्षताका कारण मन्त्री सवार गाडी दुर्घटना भएको उल्लेख छ।

‘सवारी चालकमा दक्षता भएन। सवारीसाधनबारे सवारी चालकलाई खासै ज्ञान नहुँदा दुर्घटना भयो’‚ प्रतिवेदनमा भनिएको छ। असार ५ गते डडेल्धुरादेखि गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिका–१ झारछडामा दुर्घटना भएको थियो।

दुर्घटनामा मन्त्री सिंहसहित उनकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो। मन्त्रीको मृत्युपछि असार ७ बसेको १६१औँ बैठकले खरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिलाई १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो तर ढिलो गरी आइतबार प्रतिवेदन पेश गरिएको हो। प्रतिवेदन मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>