गोदावरी नगरपालिका ४ सालिन बाटिका नजिक र खानीडाडास्थित सेल्फीडाँडामा गएको पहिरो पन्छ्याउने काम भईरहेको छ । प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार अहिले जेसिबीले सालिन बाटिका नजिकको पहिरो हटाउने काम भईरहेको र उक्त पहिरो हटाएपछि मात्रै माथी जान सकिने प्रदेश ट्राफिक कार्यालय अत्तरियाका असई आकाश रावल जानकारी दिएका छन् ।
अहिले सालिन बाटिका नजिक रहेको पहिरो हटाउन लागेको र यो भन्दा ठुलो पहिरोमाथी रहेको उनले बताए । माथी सडक नै भासिएको भन्ने खबर छ उनले भने, अब आज सम्म जती सकिन्छ त्यती पहिरो पन्छाएर आवजाव सहज पारिने उनले बताए । हिजो राति परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अहलिे अवरुद्ध भएको छ ।
पहिरोले सडक पुरै भाँसिएको छ , खानीडाँडादेखि बुढीतोला सडक पुरै चिराचिरा परेको छ । पहिरोले राजमार्ग अवरुद्ध बनेपछि हिजो रातिदेखि नै खानीडाँडा र बुढीतोलामा सयौं सवारी रोकिएका छन् भने हजारौं यात्रु अलपत्र परेका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया