Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन २३ गते मङ्गलबार

भष्टाचार आराेपमा  पाँच तहका कर्मचारि माथि डेढ कराेड बढिकाे मागदाबि ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित कृष्णनगर नगरपालिकाका पाँचौ तहका कर्मचारी साकिर अहमदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीविरुद्ध बिगो अनुसार एक करोड ५५ लाख ७९ हजार ६ सय ९५ रुपैयाँ ५८ पैसा कायम विशेषमा मुद्दा दायर गरेको हो । अहमदले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी अयोगमा परेपछि अनुसन्धान गर्दा उनले सरकारी सेवा प्रवेश गरेको ३० वर्षमा आम्दानीभन्दा धेरै सम्पत्ति जोडेको देखिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

उनका अनुसार अहमदको समग्र आय तथा व्ययको विश्लेषण गर्दा उनेको वैध आयतर्फ पारिश्रमिक आय, घरजग्गा बिक्री आय, विभिन्न भत्ता, कर्जाको आय, कृषि आय, विदेशबाट प्राप्त रेमिट्यान्स, सवारी साधन बिक्री, निर्माण सेवा आम्दानी र बैंक व्याजबाट प्राप्त आयसमेत गरी एक करोड १६ लाख ५३ हजार नौ सय ५७ रूपैयाँ ११ पैसा वैध देखिन्छ । तर, उनले वैध आयको अनुपातमा गरेका खर्च तथा लगानीतर्फ बैंकको ऋण चुक्ता, अध्ययन खर्च, कम्पनी लगानी, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, ऋण दिएको, पुँजीगत लाभकर, शेयर खरिद, सवारी साधन खरिद, विद्युतीय उपकरण खरिद र बैंक मौज्दातसमेत दुई करोड ७२ लाख ३३ हजार ६ सय ५२ रुपैयाँ ६९ पैसा देखिन्छ ।

अहमदले गरेको आय र व्ययको खर्च अनुपात हेर्दा एक करोड ५५ लाख ७९ हजार ६ सय ९५ रुपैयाँ ५८ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको आयोगका प्रवक्ता दाहालले दिए । उनले भने,‘ अहमदको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएबाट वैधानिक रुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिब नदेखिने किसिमको देखिएकाले भ्रष्टाचारमा मुद्दा दर्ता गरिएको हो ।’ 

आयोगको अनुसन्धान अनुसार अहमदको र  उनको परिवारले अमिल्दो र अस्वभाविक जीवन यापन गरेको देखिन्छ । आयोगले अहमदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसार बिगो जरिवाना र कैद सजायको मागदावीसहित विशेषमा मुद्दा दायर गरेको हो । आयोगले अहमदकी पत्नी नुर जहाँ र छोरा साजन शाहलाई समेत प्रतिवादी बनाइएको छ । अहमदले श्रीमती नुर जहाँ र छोरा साजन शाहसमेतको नाममा जग्गा खरिद, शेयर खरिद, विभिन्न कम्पनीहरुमा लगानी तथा बैंक खातामा रकम मौज्दात गरेको आयोगले जनाएको छ । उनीहरुको नाममा रहेको सम्पत्तिलाई बिगो जफत हुने मागदावी आयोगले गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>