Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन २४ गते बुधबार

कंचनपुरका अधिकाँस क्षेत्रकाे बिधुत अवरुद्ध ।

कञ्चनपुरका अधिकाँश क्षेत्रमा बिद्युत अवरुद्ध भएको छ । लगातार भईरहेको वर्षातले गर्दा र रुखहरु ढलेर बिद्युतका पोलहरुमा क्षती भएको कारणले विद्युत अवरुद्ध भएको महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ । महेन्द्रनगर वितरण केन्द्रको शव स्टेशनमा पनि समस्या भएको र अहिले सम्म फल्ट अर्थात समस्या पत्ता नलागेको वितरण केन्द्रका प्रमुख चुटुन कुमार यादवले जानकारी दिएका छन् ।

आफनो टोलीले मर्मत सम्भार गरिरहेको भएपनि खास समस्या केहो भनेर पत्ता लागी नसकेको अवस्थामा अत्तरिया ग्रिडबाट प्राविधिकहरु बेलाएर समस्याको समाधान गरिने उनले बताए । उताबाट प्राविधिक टोली आउने बेला सम्म केही समय लाग्ने र अबको केही घण्टा भित्रै समस्याको समाधान हुने वितरण केन्द्रका प्रमुख यादवले बताए । प्राय जसो पानी वा सामान्य हावा आएकोे बेलामा लाइन बन्द गरिदैन् ।

तर पानी परेको कारण कतै पोल ढलेमा वा पानीको कारण बांस वा रुखका हांगाहरु लाइनलाई छुन गएमा लाइन फल्ट भई ट्रीप हुन्छ र त्यो फल्ट नबनाउन्जेल सम्म बत्ती संचालन गर्न नसकिने उनले बताउ । हूरी बतास आएको बेलामा दुर्घटनाबाट बच्न लाइनहरु बन्द गरिएका हुन्छन् र हूरी बतास बन्द भए पश्चात हूरी बतासबाट भएको क्षत्ति निरीक्षण गरी हूरी बतासले बिगारेको लाइनहरु मर्मत संभार पश्चात मात्रै लाइन चालू गरिने उनले बताए । अहिले मैन्द्रनगर बजार क्षेत्र, भासी, राजिपुर मझगाँउ शिव मन्दिर क्षेत्र लगायतमा विद्युत अवरुद्ध भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>