Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष ०८ गते बिहिबार

कृष्णपुरमा वडा कार्यालय बनाउने बिषय बिवादले नगरपालिकामा तालाबन्दी  ।

महेन्द्रनगर - कृष्णपुर नगरपालिका–६ को वडा कार्यालय भवन निर्माणको विषयलाई लिएर स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । वडा नं. ६ को प्रशासनीक भवन बसन्तपुरको महाकाली माविको जग्गामा निर्माण गर्न खोजेपछि स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

वडा कार्यालय निर्माणको विषयमा स्थानीयले ४ वर्षदेखि बिरोध गर्दै आएका थिए । ‘वडा कार्यालय सबैको अपायक पर्ने ठाउँमा राखेपछि नगरपालिकामा तालाबन्दी गरेका हौं,’ स्थानीयले भने, ‘यो विवाद अहिलेको होइन पहिलादेखि नै थियो ।’

जनप्रतिनिधिहरुले कार्यकालको अन्त्यमा जबरजस्ती भवन निर्माण गर्न खोजेको स्थानियको आरोप छ । अन्तिममा आएर विद्यालयको प्राकृतिक पोखरी मासेर भवन निर्माण गर्न खोजी रहेका छन् । नगरपालिकाले वडावासी सबैको पायक पर्ने ठाउँ पहिचान गरी निर्माण गर्नुपर्ने स्थानीय बताउँछन् ।
केही व्यक्तिको अबरोधका कारण अहिलेसम्म वडा कार्यालय भवन निर्माण गर्न नसकेको वडा अध्यक्ष नथुराम चौधरीले बताए ।
‘पहिला बालमुक्ति विद्यालय नजिक वडा कार्यालय बनाउन खोजेका थियौं,’ उनले भने, ‘अहिले बिरोध गर्नेहरुकै कारण त्यहाँ निर्माण गर्न सकेनौं ।’ विकास बिरोधी व्यक्तिहरुकै कारणले भवन निर्माणमा ढिलाइँ भइरहेको उनी बताउँछन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>