Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन २६ गते शुक्रबार

आरक्ष पिडित र भुमिहिनहरुकाे समस्या समाधान गर्न गम्भीर भएर लागिरहेकाे छु : मन्त्री साउद ।

परराष्ट्रमन्त्री एनपी साउदले आरक्षपीडित र भूमिहीनको समस्या समाधाना गर्न गम्भीर भएर काम गरिरहेको बताएका छन्। नेपाली कांग्रेसको कृष्णपुर नगर सम्मेलनमा परराष्ट्रमन्त्री साउदले आफूले प्रतबद्धता गरे अनुसार आरक्षपीडित र भूमिहीनको समस्या समाधानको लागि काम गरिरहेको बताएका हुन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले राज्यले विभिन्न समयमा आरक्षपीडित र भूमिहीनको समस्या समाधानका नाममा ३१ ओटा आयोग गठन गरेको पनि बताए। 

उनले थपे, 'विभिन्न समयमा अयोगहरु बने र अर्बौ रूपमा खर्च भए पनि समस्या जस्ताको त्यस्तै भएकाले मैले ३२ औं पटक आयोग गठन गर्नु नपर्ने गरी प्रधानमन्त्रीसँग गम्भीरताका साथ कुरा गरेको छु, त्यस्तै भूमिसुधार मन्त्री र वन मन्त्रीसँग पटकपटक छलफल गरेको छु।'

गृहजिल्ला कञ्चनपुर पुगेका मन्त्री साउदले एक फरक प्रसंगमा कार्यकर्ता इमानदार बने नेपाली कांग्रेससँग एक्लै चुनाव लड्ने हिम्मत कसैले गर्न नसक्ने पनि बताए । 

उनले थपे, 'पार्टीले इमानदार सिपाही ठानेर टिकट दिएको र जनताले क्षमता देखेर जिताएकाले काम गर्न कन्जुस्याइँ गर्नुहुँदैन।' उनले आफू निर्वाचित हुँदा कंचनपुर २ का लागि महत्त्वपूर्ण काम गरेको र यसपटक पनि आफू सक्दो काम गर्ने वचनबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>