Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन २६ गते शुक्रबार

नक्कलि सर्टिफिकेट केशमा समातिएका संसद शर्मा रिहाई गर्न सह महामन्त्री यादवकाे माग ।

नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले सांसद सुनील शर्मालाई अबिलम्ब रिहा गर्न माग गरेका छन् । कांग्रेस सांसद शर्मालाई गृहमन्त्रीको राजीनामा मागेको भन्दै राजनीतिक पूर्वाग्रह साध्न पक्राउ गरिएको उनको आरोप छ । 

‘अबिलम्ब रिहा गर्नुपर्छ । राजनीतिमा प्रतिशोध साध्न पाइँदैन । सुनील शर्मालाई पक्राउ गर्नु गलत हो,’ सहमहामन्त्री यादवले भने ।  

सांसद शर्माको सर्टिफिकेट पहिले किन जाँच गरिएन भन्दै उनले प्रश्न उठाएका छन् ।  ‘उहाँको सर्टिफिकेट किन जाँच गरिएन ? पहिला सर्टिफिकेट जाँच भइसकेको थियो,’ उनले भने, ‘अहिले उहाँले गृहमन्त्रीको राजीनामा माग्यो भन्दैमा समातिदिने ? यो प्रतिशोधको भावना भयो ।’ 

आईएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको भन्दै प्रहरीले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । 

सिनामंगलस्थिति काठमाडौँ मेडिकल कलेज  र विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्मा मोरङ–३ बाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका थिए । शर्माले क्विन्टल सुन तस्करी प्रकरणलाई जोडेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरिरहेका थिए ।

उनको पक्राउप्रति कांग्रेस नेता अर्जुननरसिंह केसी, अजयबाबु शिवाकोटी लगायतले समाजिक संजालमा लेखेर प्रश्न उठाएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>