कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको भवन निर्माणमा खटिएका एक जना मजदुरको विद्युत् करेन्ट लागेर ज्यान गएको छ । निर्माणाधीन भवनको लेन्टरलाई ब्रेकर मेसिनले तोडेर मर्मत गर्ने क्रममा करेन्ट लागेर पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मधुबनी घर भएका १८ वर्षीय विकास सहानीको बुधबार दिउँसो मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । करेन्ट लागी घाइते भएका सहानीलाई अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना गरिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया