Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
धनगढी
२०८० भदौ ०३ गते आइतबार

माथहतका कार्यालय बाट रकम असुली गर्ने कर्मचारि जाेगाउन मुख्यमन्त्री शाहकाे साथ ।

 माथतहका कार्यालयबाट अवैध रकम अशुल्ने र विभागिय मन्त्रीलाई अश्लिल गाली गर्ने प्रकरणमा मुछिएर प्रदेश सरकारकै बेईजती गर्ने एक कर्मचारीलाई मुख्यमन्त्रीले साथ दिएका छन ।

सुदूरपश्चिम प्रदेश वन निर्देशनालय अन्तर्गत मातहतका कार्यालयहरूबाट घुस बाफत रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा मुछिएका कृष्णदत्त भट्टलाइ पुनः सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरिएको छ । वन मन्त्रालयको व्यापक असहमतिका बिच मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भट्टलाई प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरेको हो।

वन मन्त्रालयले उनीभन्दा सिनियर उप -सचिव हेमराज विष्टलाई नियुक्त गर्न सिफारिस गरे पनि शक्ति केन्द्रको पावरमा मुख्यमन्त्री कार्यालयले भट्टलाइ पुन निर्देशक नियुक्त गरेको छ।

यसअघिका निमित्त निर्देशक हेमराज विष्टको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । स्रोतका अनुसार यस्ता विवादमा पर्न नचाहने मुख्यमन्त्री कमलबहादुर शाहले पैसा लिएको भिडियो सार्वजनिक भएपछि भट्टलाइ नियुक्त नगर्ने मनसाय राखेका थिए । तर भट्टले आफूलाई निर्देशक बनाउनका लागि डडेलधुराका कांग्रेसी नेतामार्फत केन्द्रिय नेतृत्वलाई गुहार गरी पावर लगाएका थिए। मालदार कार्यालयमा आफ्नो सरुवा मिलाउन प्रदेशभन्दा केन्द्रिय नेताको चाकडी गर्न माहिर मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले पनि भट्टलाई नै नियुक्त गर्न जोडबल गरेपछि मुख्यमन्त्री शाह पनि भट्टलाई नियुक्त गर्न राजी देखिएका थिए । तर भट्टको नियुक्तिले वन क्षेत्रका अधिकृतहरू भने रुष्ट भएका छन् । वन मन्त्री रमेश धामी, राज्यमन्त्री गीतादेवी माल र मन्त्रालयका सचिव वेदकुमार ढकालले समेत भट्टलाई निर्देशक नियुक्त गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

वन मातहतकै कर्मचारीलाई फोन गरेर भट्टले आफ्नो नियुक्ति रोक्न लागेको आरोप लगाउँदै वन मन्त्री रमेश धामीलाई सुन्नै नसकिने शब्दमा आमाचकारी गालीगलोच गरेको अडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उक्त अडियो सुनेपछि वन मन्त्री धामीसहित उनको सचिवालयका कर्मचारी झनै रुष्ट बनेका छन पहलमानपुर कार्यरत रहँदा वैज्ञानिक वनमा भएको अनियमितता बारे उनका नाममा अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरिएको मुद्दा विचाराधीन छ अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने बित्तिकै भट्ट निलम्बनमा पर्ने छन । पछिल्लो एक वर्ष निमित्त निर्देशक रहेका भट्टको ध्यान वन जोगाउने भन्दा पनि पैसा उठाउनमै केन्द्रित थियो भन्ने सार्वजनिक भिडियोले पनि पुष्टि गरेको छ। विगत डेढ वर्षदेखि वन निर्देशनालय धनगढीमा निमित्त वन निर्देशकका रुपमा कार्यरत भट्टले कार्यालयको काममा भन्दा आफ्नो निजी व्यापार व्यवसायमा ध्यान दिने गरेको, कार्यालयमा बिरलै मात्र आउने गरेको र कहिलेकाहीँ आइहाले पनि एक दुई घण्टामै कार्यालय हाताबाट बाहिरिने गरेको त्यहाँ कार्यरत एक जना कर्मचारीले बताएका छन् ।

ती कर्मचारीका अनुसार उनले विभिन्न मन्त्रालयबाट गरिव कृषकका लागि आएको करिब ४५ लाख अनुदान लिएर डडेलधुराको भद्रपुरमा आफन्तका नाममा बाख्रा फर्म र नर्सरी स्थापना गरेका छन । कार्यालयको गाडी र चालक समेत लगेर हप्तौंसम्म बसी कार्यालयको सवारीसाधन तथा चालकको समेत चरम दुरुपयोग गर्ने गरेको उनको भनाइ छ । आफ्नै काममा गएका वेला समेत भट्टले कार्यालयबाट सरकारी दैनिक भ्रमण भत्ता समेत बुझने गरेको, पटक-पटक मादक पदार्थ सेवन गरी होहल्ला तथा गालीगलौज गर्ने गरेको भनी व्यापक जनगुनासो आउने गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा मुख्य मन्त्रीको कार्यालयलाई समेत जानकारी थियो ।

कार्यालयमा बदमासी गर्ने कर्मचारीलाई कारबाही गर्नुको सट्टा महत्वपूर्ण जिम्मेवारी दिंदा काम गर्ने इमानदार कर्मचारीको मनोबल घटने र सङ्गठन भताभङग हुनेतर्फ सचेत रहन वन अधिकारीले जिम्मेवार निकायलाई आग्रह गरेका छन ।

यसरी मातहकै कार्यालय अवैध रकम अशुलीदेखि विभागिय मन्त्रीलाई खुलेयाम गाली बेईजती गर्दै संघीयता नै धरापमा पार्ने काममा लिप्त कर्मचारीलाइ मुख्यमन्त्री शाहले उपहार स्वरुप साथ दिएपछि कतै उक्त प्रकरणमा मुख्यमन्त्रीकै साथ सर्मथन रहेको आशंका गरिएको छ । यस प्रकरणबारे वन निर्देशक भट्ट र मुख्यमन्त्री कार्यालयसंग सम्पर्क गर्न खोज्दा सम्पर्क स्थापित हुन सकेन ।


#रकम असुल्ने कर्मचारि जाेगाउन मुख्यमन्त्रीकाे साथ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>