Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ ०३ गते आइतबार

कैलालीमा एक वडा सदस्यको मृत्यु भएको छ। आज (आइतबार) कैलारी गाउँपालिका-८ दुधिया गाउँ निवासी ४२ वर्षीय वडा सदस्य माधुराम चौधरीको मृत्यु भएको हो।

कैलाली गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीका अनुसार हिजो कैलारीबाट आएका माधुरामको धनगढीमा मृत्यु भएको हो। उनको मृत्युमा आज कैलारी गाउँपालिकाको कार्यालय तथा कैलारी गाउँपालिका अर्न्तगतका सम्पूर्ण कार्यालयहरु एवम् सम्पूर्ण शिक्षण संस्थाहरुमा बिदा दिइएको छ।

यता कैलाली प्रहरीले भने वडा सदस्यको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै अनुसन्धान थालेको छ। जिप्रका कैलालीका निमित्त प्रवक्ता तथा इन्सपेक्टर सन्तोष बस्यालले घटनाको अनुसन्धान थालिएको जानकारी दिए। प्रहरी स्रोतका अनुसार हिजो कैलारीबाट धनगढी आएका माधुराम धनगढीको शिवपुरी आसपासमा रहेको आफ्नी साली नाता पर्ने महिलाको कोठामा बसेका थिए।

प्रेसरको बिरामी समेत रहेका माधुराम अचानक लडेपछि राति नै अस्पताल लगिएकोमा बिहान मृत्यु भएको हो। धनगढीको मायामेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ। यस्तै मृतक माधुरामको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ भने उनकी सालीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>