Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ०४ गते सोमबार

बालबालिका बाेराभित्र लुकाई भारत लग्दै गर्दा सिमाबाट पक्राउ परे भारतिय नागरिक ।

बोरामा राखी भारत लैजाँदै गरिएका दुई नेपाली बालबालिकाको उद्धार गरिएको छ।  सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका–३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई आइतवार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ।

नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।  बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नम्बर ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक डाँगीले बताए।

आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए । उनका अनुसार बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको हो। उद्धार गरिएका बालबालिकालाई आइतवार नै अभिभावकको जिम्मा लगाइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>