Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८० भदौ ०५ गते मङ्गलबार

सुदूरपश्चिम पृतना ट्रफिः गोरख बक्सलाई भलिबल उपाधी

नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफी अन्र्तगत गणतर्फको भलिबल प्रतियोगिताको उपाधी गोरख बक्स गण अछामले जितेको छ ।
मंगलबार बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल खेलमा देबीदल गण तेघरी ब्यारेकलाई ३–१ सेटले पराजित गर्दै गोरखबक्सले उपाधी जितेको हो ।
गत शनिबारदेखि सुरु भएको ट्रफि अन्र्तगत कञ्चनपुरमा गुल्म स्तरीय भलिबल, स्वीमिङ्ग र बक्सिङ्ग सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा उपाधी बिजेता गोरखबक्स गणलाई सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापाले ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गर्नुभयो ।
कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायक रथी मनोज थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्का, कञ्चनपुर भलिबल संघका अध्यक्ष श्यामसिंह मौनी, विभिन्न गण तथा गुल्मका गुल्मपति लगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो ।
आगामी भदौ १० गते सम्म संचालन हुने पृतनापति ट्रफिमा भलिबल, फुटबल, बास्केटबल, स्वीमिङ, बक्सिङ लगायतका खेलहरु समावेश छन् ।
खेलकुदका माध्यमबाट अन्र्तराष्ट्रिय स्तरमा समेत राष्ट्रको नाम रोशन गर्दै सेनाले हरेह बर्ष ट्रफी आयोजना गर्दै आएको छ ।
साथै खेलाडीमा सामुहिक भावना ल्याउनुको साथै नेपाली सेनाको स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोटस फोर फे्रन्डसिप कुरालाई मनन् गर्दै बिभिन्न बिधामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ट्रफि आयोजना गरिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>