Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
डडेल्धुरा
२०८० भदौ ०६ गते बुधबार

डिभिजन वन कार्यालय डडेलधुरामा एक सातायता सेवा प्रभावित, सेवाग्राही समस्यामा ।

डिभिजन वन कार्यालय डडेल्धुराको एक सातायता कामकाज ठप्प छ । योजना शाखामा ताला लगाई कर्मचारी घरबिदामा बस्दा कार्यलयको कामकाज ठप्प भएको हो । वन कार्यालय पुग्ने सेवाग्राही काम नभई फर्किनु परेको छ भने टाढा जोगबुडा क्षेत्रका सेवाग्राही ५ दिनदेखि काम हुने आशामा जिल्ला सदरमुकामै बसिरहेका छन् ।

डिभिजन वन कार्यालयले गत वर्षका योजनाहरुमा व्यापक अनियमितता भएको अख्तियारमा उजुरी परेपछि डिभिजन वन अधिकृत रामविचारी ठाकुर सरुवाभई कैलालीको पहलमानपुर गएका छन । निमित्त डिभिजन वन अधिकृतमा ईलाका वन कार्यालय साँदनीका वन अधिकृत सुरेशचन्द डिसी हाजिर भएका छन । तर, योजना शाखामा ताला लगाई वन अधिकृत कृष्ण बोहरा घर बिदामा बस्दा कामकाज रोकिएको निमित्त डिभिजन वन अधिकृत डिसीले जानकारी दिए ।

वन अधिकृत बोहरा भदौ ५ गते देखी ८ गते सम्म घर बिदामा बसेको पाईएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकिय अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र प्रसाद ओझाले बताए । वन कार्यालयको कामाज ठप्प रहेको जानकारी पाएपछि छड्के अनुगमन गरेको जानकारी दिदै उनले कार्यालय समयमा सेवा ग्राहीको काम हुनुपर्ने बताए । यस बिषयमा अनुसन्धान गरि कार्वाही गरिने उनको भनाई छ ।

उनका अनुसार वन अधिकृत बोहरा र रणेन्द्र सिंह घरबिदामा बसेको पाईएको छ भने सुवास कुवरको साउन २२ गते देखि हाजिर नलाएको पाईएको छ । कुवरको हाजिरिमा भदौ ७ र ८ गते गन्याधुरामा काज लेखिएको भेटिएको उनले बताए । निमित्त वन अधिकृत डिसीका अनुसार कुवरले कार्यालयमा कुनै खबर गरेका छैनन् । म साउन ३२ गते निमित्त कार्यालय प्रमुख भएका कार्यालयमा उपस्थित भएको थिए । उनले भने, रणेन्द्र सिंह फाईल बोकेर अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय कञ्चनपुर गई घर बिदामा बसेका छन । वन अधिकृत बोहरालाई योजना शाखामा लगाएको ताल्चाको चाबि दिएर जानुस भन्दा दिनुभएन । सरकारी कार्यालयमा कुनै कर्मचारीले ताला लगाएर चाबि लैजान मिल्दैन । तर यहाँ यस्तो गरिएको छ । कामकाज हुन सकेको छैन । काम नहुदा सेवा ग्राही फर्केर जान बाध्यछन । अब म पनि सिडियोलाई निवेदन लेखर जान्छु ।

वन अधिकृत कुवरले साउन २०–२६ गते सम्म महेन्द्रनगरमा भएको समिक्षा गोष्ठिमा सहभागी भएको र अहिले पनि काठमाडौंमा गोष्ठिमा रहेको बताए । उनले आफु काजमा रहेको बताएका छन । तर कार्यालयमा भने उनको निवेदन भेटिएको छैन । वन कार्यालय विरुद्ध अनियमितताको उजुरी अख्यिारमा परेकाले योजना शाखामा ताला लगाई बन्द गरिएको सेवाग्राहीको गुनासो छ ।

परशुराम नगरपालिका–११ को सल्लेरी सामुदायिक वन पलगडीका अध्यक्ष बिरेन्द्र बहादुर नेपालीले प्रमाण पत्र बनाउन वन कार्यालय पुगेको चार दिन भएको बताउदै काम नभएको गुनासो गरे । प्रमाण पत्र हराएकाले पुनः बनाउन वन कार्यालय आएको थिए । उनले भने, प्रमाण पत्र छाप्ने मेसिन योजना शाखामै रैछ । योजना शाखामा ताला लगाईएको छ । आज हुन्छ,भोली हुन्छ । भनेर कार्यालय धाउने गरेको चार दिन भयो । काम हुन सकेको छैन । होटलमा बस्दा खादा खर्च हुने गरेको छ ।


यस्तै परशुराम नगरपालिका–८ शिद्धनाथ सामुदायिक वन सानखोलाका अध्यक्ष अर्जुन सिंह बोहराले पनि चार दिन देखि काम नहुदा होटलमा बस्दा खर्च भएको गुनासो गरे । वनबाट काठ आन्तरिक खपतका लागि सिफारिस बनाउन वन कार्यालय आएको उनले बताए । ठेकी, पारा लगायतका सामाग्री बनाउन आन्तरिक खपतको सिफरिस बनाउन आएको थिए । उनले भने, चार दिन भयो । होटलमा बसेको छु, बेखर्चिलो छु । यहाँ काम हुनसकेको छैन । खातामा जमा गर्ने पैसा सकियो । भात खानपनि अब पैसा छैन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>